०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

धनुषाको महिनाथपुरबाट पेस्तोलसहित तीन जना भारतीय पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ १३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ‌,१३ असार।मधेश प्रदेशका राजधानी जनकपुरधामबाट भारततर्फ गइरहेको कारमा पेस्तोल बरामद भएपछि प्रहरीले तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको बिहारमा पर्ने मुजफ्फरपुर ७ साहेबगञ्जका २९ वर्षीय राहुल रञ्जन, उज्ज्वल कुमार र २६ वर्षीय सञ्जय कुमार रहेका छन् ।

धनुषाको विदेह नगरपालिका १ महिनाथपुरस्थित सीमा नाकाबाट बीआर०६ एपी३००८ नम्बरको मारुती सुजुकी कारलाई चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि उनीहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीको कमाण्डमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उक्त कारको अगाडिपट्टिको बायाँ साइडको सीटमुनि मेड इन यूएसए लेखिएको ७.६५ एमएम राउण्ड थान १ लोड गरेको पेस्तोल बरामद गरेको हो ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]