१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

बलान बिहुलका सम्पुर्ण विद्यालयलाई प्रविधि संग जोडछु : अध्यक्ष यादव

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९

न्यूजमधेश डेस्क
सप्तरी,१४ असार । अहिलेको शिक्षालाई प्रविधि संग नजोडे सिकाउने प्रक्रियामा नवीनतम आयामहरु थपिन नसकिने बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले बताएका छन्।

प्रविधिको प्रयोगले आजको विधार्थीले भोलि गएर आफ्नो अस्तित्व स्थापित गर्न र युगानुकूल ज्ञानको संसारमा छुट्टै पहिचान बनाउन सक्ने अध्यक्ष यादवले जिकिर गरे ।

बलान बिहुल- ६ सेहरा- रौतहटमा अवस्थित जा.गा.ज.मा.वि ले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गा.पा अध्यक्षले त्यसो भनेका हुन । यादवले भने ‘शिक्षामा प्रविधिको प्रयोगलाई अर्थपूर्ण रूपमा हेर्नुपर्छ ।”

आउने केहि दिनमै सेहरा मा.वि. लगायत अन्य विद्यालयहरुमा ईन्टरनेट तथा सिसिटिभी जडान गर्ने उनले प्रतिबद्धता गरे । यादवले देशको वर्तमान शैक्षिक अवस्था बारे टिप्पणी गर्दै भने ‘देशका सम्पूर्ण शैक्षिक संस्थाहरू परम्परागत शिक्षण शैलीको मानसिकताबाट माथि उठ्न सकेका छैनन् ।

परम्परागत चालचलनहरूलाई अनुसरण गर्दै विद्यार्थीहरूलाई शिक्षकले भनेका शब्दहरू दोहो-याएर, कराएर वाचन गर्ने शिक्षण पद्धति चलनचल्तीमा छन् । शिक्षकका भाषण, प्रवचन, व्याख्या, वर्णनजस्ता शैक्षणिक विधिले अब शिक्षामा गुणस्तरीयता खोज्नु कति सान्दर्भिक हुन्छ, सबैले सोच्नुपर्ने बेला आएको छ । किताबमा लेखिएका विषयवस्तुहरू कण्ठ पारेर परीक्षामा हुबहु जसले नक्कल गर्न सक्यो उसैले उपल्लो ग्रेड प्राप्त गर्ने पद्धतिले गुणस्तर खस्केको छ ।’

त्यसैगरी उक्त विद्यालयका प्र.अ विनोदानन्द झाले स्थानीय सरकारले आर्थिक रुपमा विद्यालयलाई सहयोग गर्नुपर्ने माग गरे । झा ले भने ‘पुर्वाधार बिकासको लागि ८ करोड बजेट आएको छ जुन सराहनीय छ । आउने दिनमा यस विधालयमा कक्षा कोठाको कमी हुनेछैन तर यतिले मात्र पुग्दैन । विधालको शैक्षिक वातावरणलाई अझ सुदृढीकरण गर्न थप शिक्षक ल्याउनुपर्ने हुन्छ र यसमा पालिकाको सकारात्मक सहयोग हुनुपर्छ ।”

उक्त सम्मान कार्यक्रममा ६ वटै वडाका अध्यक्ष एवं कार्यपालिका सदस्यहरु, विद्यालयका शिक्षक, शिक्षा समितिका अध्यक्ष, सञ्चारकर्मीलगायको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]