१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

महिला, दलित र सीमान्तकृतको पहुँच मतदाता सूचीमा सुनिश्चित गर्न माग

Logo
प्रकाशित मंगलबार, आषाढ १४, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१४ असार । मतदाता सूचीमा महिला, दलित र सीमान्तकृत समुदायको पहुँच सुनिश्चित गर्न माग गरिएको छ ।

दलित सरोकार मञ्च नेपाल सप्तरी र राष्ट्रिय दलित पत्रकार संघ धनुषाले मंगलबार जनकपुरधाममा सरोकारबालासँग अन्तरकृया कार्यक्रमको आयोजना गरी उक्त माग गरिएको छ ।

कार्यक्रममा मधेस प्रदेशमा दलित वर्गलाई निर्वाचनमा सहभागि गराउन तथा मतदाता नामावली संकलन गर्न दलित केन्द्रित मतदाता कार्यत्रबmम संचालन गर्न सरोकारवालाले जोड दिए ।

उनीहरुले दलित समुदाय सधैं भेदभावको शिकार हुँदै आएका कारण उनीहरुको समस्या समाधान गर्न सरकारसँग माग गरे ।

कार्यक्रमका प्रमुख अतिथि लोसपाका प्रदेश सांसद प्रमेश्वर साहले विभेदकारी संविधानका कारण दलित विभिन्न समस्याबाट गुज्रिरहेको बताए ।

सांसद साहले सीमान्तकृत समुदाय र महिला दलितलाई दबाबमा राख्न चाहने दललाई मधेसका जनताले भोट दिएकाले महिला, दलित र सीमान्तकृत समुदायका समस्या समाधान हुन नसकेको गुनासो गरे ।

अर्का प्रदेश सांसद चमेलीदेवी दासले दलितको मतदाता नामावली वा नागरिकताको समस्या समाधानका लागि संसदमा आवाज उठाए पनि प्रदेश सरकार पेन्डुलमजस्तै भएकाले कुनै समाधान हुन नसकेको बताइन् ।

दलित सरोकार मञ्चले महिला, दलितलगायत सीमान्तकृत जनताका समस्या समाधानका लागि प्रदेशका अन्य जिल्लामा पनि अन्तरक्रिया गरिरहेको फोरमका कार्यक्रम संयोजक रोशन पासवानले बताए ।

राष्ट्रिय दलित पत्रकार संघ धनुषाका अध्यक्ष कुलदीप दास प्रेमको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ। मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्। ‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै […]

जनकपुरधाम । गल्फ सेवा समाज संस्थाले १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । मंगलबार महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका गत बुधबार भएको आगलागीबाट पीडित भएका १ सय ४ जनालाई गल्फ सेवा समाजले १५ किलोको खाद्यान्न सामग्रीको प्याकेज वितरण गरेको हो। गल्फ सेवा समाज संस्थाका संस्थापक मो.जमशेद राईनले  अग्निपिडितहरुको लागि चामल ५ किलो,गहुँको पिठो […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनको परिणामपछि यही व्यवस्थाले २०८४ मा पनि नयाँ कुरा नहुने संकेत गरेको टिप्पणी गरेका छन् । इलाम २ मा जनमत पार्टीले ११८ मत (०.१७ प्रतिशत मत) र रास्वपाले ७.३ प्रतिशत मत ल्याएको उल्लेख गरेका छन् । डा.राउतले आफ्नो फेसबुकमा लेखेका छन्, ‘कम भए पनि, अपेक्षाभन्दा फरक चाहिँ […]