२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

जनकनन्दिनीमा १० लाखको लागतमा हेलिप्याडको निर्माण हुने

Logo
प्रकाशित आइतबार, आषाढ १९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ असार। धनुषाको जनकनन्दिनी गाउँपालिकामा हेलिप्याडको निर्माण हुने भएको छ ।गाउँपालिकामा हुने विपद् व्यवस्थापनका निम्ति यो हेलिप्याडको निर्माण गरिने भएको हो ।

शनिबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष दिपिनदेव यादवे हेलिप्याडको शिलान्यास गरेका छन् ।गाउँपालिकाको वडा नम्बर ५ स्थि तबनरझुल्लामा अध्यक्ष यादवले हेलिप्याडको शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा नरेश कुमार यादव, इन्द्र कुमार कापर, वडा सदस्य बिपिन यादव, उमेश, स्थानीय भरभलादमीको उपस्थिति रहेको थियो ।गाउँपालिकाको रु १० लाखको बजेटमा हेलिप्याडको निर्माण शुरु गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]