२६ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
×

कतारमा मृत्यु भएका रितेश्वरको शव २२ दिनपछि एनआरएमएले स्वदेश पठाइयो

Logo
प्रकाशित आइतबार, आषाढ १९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१९ असार। पछिल्लो १४ बर्षदेखि कतारमा काम गर्दै आएका एक नेपालीको मृत्यु भएको २२ दिनपछि शव स्वदेश पठाइएको छ ।

कतारस्थित रामको कम्पनीमा कार्यरत धनुषाको मिथिला बिहारी नगरपालिका ८ निवासी ४६ बर्षीय रितेश्वर यादवको शवलाई घर पु¥याइएको हो । २२ दिनअघि उनको कम्पनीमै भएको दुर्घटनामा परी मृत्यु भएको थियो ।

जनमत पार्टीका अन्तर्राष्ट्रिय संगठन गैर आवासीय मधेसी संघ शाखा कतारले उनको शव स्वदेश ल्याउन पहल गरेको हो ।

मृतक रितेश्वरको शव संघका सल्लाहकार विजय यादवले घरसम्मै लिएर गएको संघकका अध्यक्ष ईन्जिनियर विजय कुमार यादवले बताएका छन् ।

उक्त कार्यमा अध्यक्षसहित उपाध्यक्ष जितेन्द्र कुमार यादव, सह कोषाध्यक्ष नन्द कुमार ठाकुर, केन्द्रीय कोर्डिनेटर तथा प्रेस जनमत संघ अन्तराष्ट्रिय सदस्य बिनोद कुमार यादव, केन्द्रीय सदस्य ई. प्रमोद ठाकुर, सदस्य जितनारायण यादव, सल्लाहकार विजय यादवसहितकाले सहयोग गरेको अध्यक्ष यादवले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]