२६ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
×

मधेश प्रदेशका अर्थ मन्त्री साहको राजिनामा माग

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९

न्यूजमधेश डेस्क
राजविराज,२३ असार। बहुचर्चित २० करोड रकम घोटाला प्रकरणमा मुछिएका मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहमाथि छानबिन गर्न गठित अनुगमन समिति नै अंसबैधानिक भएको आरोप लागेको छ ।

नेपाली काँग्रेस सप्तरीका युवा नेता ईशाद अंसारीले राजविराजमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरि समिति अबैधानिक रहेको बताए ।

सप्तरीको विभिन्न खोला नियन्त्रणका लागि मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले आफ्ना सल्लाहकार शम्भु झा मार्फत सोझै रकम सप्तरी स्थित जलस्रोत तथा सिचांई बिकास डिभिजन कार्यालयमा पठाएको आरोप लागेपछि मधेश प्रदेश सभाका उपसभामुख उपमा देवको संयोजकत्वमा हिजो मंगलवार प्रदेश सभाले संसदिय समिति गठन गरेको थियो ।

तर सो समिति नै असंबैधानिक रहेको आरोप अंसारीले लगाएका छन् । पत्रकार सम्मेलमा अंसारीले भने–आफ्नै पार्टीका नेता माथि आरोप लागे पछि प्रतिपक्षि दलको संयोजगत्वमा सदन भित्र रहेको सबै दललाई समावेश गरी छानविन समिति गठन गर्ने संवौधानिक प्रावधान रहेको छ ।

तर सो विपरीत उप–सभामुख देवको संयोजकत्वमा छानबिन समिति गठन हुनु असंबैधानिक हो, यसले छानविन प्रक्रियालाई प्रभावित पार्ने छ ।

छानविन समितिको प्रतिवेदन नआए सम्म मन्त्री साहले राजिनामा गनुपर्ने र उनले राजिनामा नगरे जसपा अध्यक्ष उपेन्द्र यादवले साहको राजिनामा लिनुपर्ने माग समेत अंसारीको छ ।

अर्थ मन्त्री साह र उनका सल्लाहकार झा मार्फत भएको २० करोड बाडफाडको सम्बन्धमा प्रदेश सभामा हिजो मन्त्री साहले दिएको अभिव्यक्ति चित बुझदो नरहेको दावि समेत उनले गरे ।

यस अघि मन्त्री साह कृषि मन्त्री रहेका बेला सप्तरीमा ७ सय स्यालो टूयवेल जडान गरेको अभिव्यक्ति दिए पनि टूयवेल जडान नभएको आरोप लगाउँदै अंसारीले सोको समेत छानविन हुनपर्ने माग गरेका छन् ।

विगतमा भएका सबै भ्रष्टाचारको छानविन हुनुपर्नेमा जोड दिदै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका अंसारीले मन्त्री साहले राजिनामा नगरे र भैसि प्रकारण सहित मन्त्री साहको पालामा भएको सबै भ्रष्टाचारको छानविन नभए नेपाली काँग्रेस आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]