१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

मधेश प्रदेशका अर्थ मन्त्री साहको राजिनामा माग

Logo
प्रकाशित बिहिबार, आषाढ २३, २०७९

न्यूजमधेश डेस्क
राजविराज,२३ असार। बहुचर्चित २० करोड रकम घोटाला प्रकरणमा मुछिएका मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहमाथि छानबिन गर्न गठित अनुगमन समिति नै अंसबैधानिक भएको आरोप लागेको छ ।

नेपाली काँग्रेस सप्तरीका युवा नेता ईशाद अंसारीले राजविराजमा बुधवार पत्रकार सम्मेलनको आयोजना गरि समिति अबैधानिक रहेको बताए ।

सप्तरीको विभिन्न खोला नियन्त्रणका लागि मधेश प्रदेशका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले आफ्ना सल्लाहकार शम्भु झा मार्फत सोझै रकम सप्तरी स्थित जलस्रोत तथा सिचांई बिकास डिभिजन कार्यालयमा पठाएको आरोप लागेपछि मधेश प्रदेश सभाका उपसभामुख उपमा देवको संयोजकत्वमा हिजो मंगलवार प्रदेश सभाले संसदिय समिति गठन गरेको थियो ।

तर सो समिति नै असंबैधानिक रहेको आरोप अंसारीले लगाएका छन् । पत्रकार सम्मेलमा अंसारीले भने–आफ्नै पार्टीका नेता माथि आरोप लागे पछि प्रतिपक्षि दलको संयोजगत्वमा सदन भित्र रहेको सबै दललाई समावेश गरी छानविन समिति गठन गर्ने संवौधानिक प्रावधान रहेको छ ।

तर सो विपरीत उप–सभामुख देवको संयोजकत्वमा छानबिन समिति गठन हुनु असंबैधानिक हो, यसले छानविन प्रक्रियालाई प्रभावित पार्ने छ ।

छानविन समितिको प्रतिवेदन नआए सम्म मन्त्री साहले राजिनामा गनुपर्ने र उनले राजिनामा नगरे जसपा अध्यक्ष उपेन्द्र यादवले साहको राजिनामा लिनुपर्ने माग समेत अंसारीको छ ।

अर्थ मन्त्री साह र उनका सल्लाहकार झा मार्फत भएको २० करोड बाडफाडको सम्बन्धमा प्रदेश सभामा हिजो मन्त्री साहले दिएको अभिव्यक्ति चित बुझदो नरहेको दावि समेत उनले गरे ।

यस अघि मन्त्री साह कृषि मन्त्री रहेका बेला सप्तरीमा ७ सय स्यालो टूयवेल जडान गरेको अभिव्यक्ति दिए पनि टूयवेल जडान नभएको आरोप लगाउँदै अंसारीले सोको समेत छानविन हुनपर्ने माग गरेका छन् ।

विगतमा भएका सबै भ्रष्टाचारको छानविन हुनुपर्नेमा जोड दिदै नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका अंसारीले मन्त्री साहले राजिनामा नगरे र भैसि प्रकारण सहित मन्त्री साहको पालामा भएको सबै भ्रष्टाचारको छानविन नभए नेपाली काँग्रेस आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]