२९ साउन २०८२, बिहिबार
14-08-2025 , Thu
×

विवादित अर्थमन्त्रीको अर्को ‘हर्कत’

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौँ ,२५ असार। एकपछि अर्को विवादको चपेटामा परेर अर्थमन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्माको अर्को विवादित ‘हर्कत’ बाहिरिएको छ ।

यसअघि, शर्मा आगामी आर्थिक वर्ष २०७९-८० को बजेट सार्वजनिक हुनु अघिल्लो रात १४ जेठमा सीसीटिभी फुटेज मेटिएको गैरजिम्मेवारीपूर्ण जवाफ दिएर विवादमा परेका थिए । त्यसपछि चौतर्फी दबाब थेग्न नसकेर अर्थमन्त्रीबाट राजीनामा दिएका शर्मामाथि गत १४ जेठ मध्यराति बजेट निर्माण गर्दा ‘अनधिकृत व्यक्ति’लाई स्थान दिएको आरोप लाग्यो । उनीमाथि ‘सीसीटिभी फुटज कान्ड’मा व्यापारिक घरानाका आफूनिकट व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएर करको दरसमेत हेरफेर गरेको आरोप लागेको थियोे ।

अहिले पदबाट हटिसकेका शर्माले प्रधानमन्त्री शेरबहादुर देउवापुत्र जयवीरसिंह देउवाको कम्पनीलाई करमा भारी छुट दिएको विवाद बाहिरिएको छ । प्रधानमन्त्री देउवापुत्र जयवीर महिलाले महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याड विदेशबाट आयात गर्छन् । देउवापुत्रको ‘ब्लु प्रिन्ट टे«डिङ प्रालि’ नामक कम्पनीले सेनिटरी प्याड कारोबार गर्दै आएको छ । यो कम्पनीमा भरतपुर चितवनका हेमन्त बजगाईंको पनि साझेदारी रहेको छ ।

सो कम्पनीमा प्रधानमन्त्रीपत्नी आरजु राणासमेत अप्रत्यक्ष रूपमा संग्लग्न रहेको स्रोतको दाबी छ । स्वदेशी उत्पादनलाई प्रश्रय दिनेगरी बजेट बनाएको दाबी गर्दै आएका निवर्तमान अर्थमन्त्री शर्माले विदेशबाट आयातीत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार छुट गरिदिएका थिए । याे खबर राजधानी दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]