०३ बैशाख २०८३, शुक्रबार
17-04-2026 , Fri
×

जनकपुरमा कान्तिपुर ‘मधेश मन्थन’ सुरु

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

न्यूजमधेश डेस्क
काठमाडौँ ,२५ असार। मधेश प्रदेशको दिगो विकास, समृद्धि र रूपान्तरणका निम्ति गहन मन्थनका रूपमा कान्तिपुर मिडिया ग्रुपद्वारा आयोजित ‘मधेश मन्थन’ सुरु भएको छ ।

मधेश प्रदेश सरकार, गृह तथा सञ्चार मन्त्रालय र प्रदेश सभा सचिवालयको सहकार्यमा शनिबार जनकपुरमा आयोजित यस कार्यक्रम नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरेका हुन् । कार्यक्रममा पूर्वराष्ट्रपति यादवको विद्वत प्रवचनसमेत रहेको छ ।

कार्यक्रममा विभिन्न ५ सत्रहरू रहेका छन् । ‘कहाँ अड्कियो शासन प्रशासन : संघीयता, सेवा प्रवाह र स्थानीय समुन्नति’ शीर्षकमा पहिलो सत्रमा बहस हुनेछ । जसमा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झा, व्यवसायी जगदीशप्रसाद अग्रवाल, प्रदेशसभा सदस्य शारदादेवी थापा र अर्थशास्त्री अच्युत वाग्ले वक्ता रहेका छन् । यस सत्रका सहजकर्ताका रूपमा कान्तिपुर दैनिकका प्रदेश ब्युरो प्रमुख जनकराज सापकोटा रहेका छन् ।

त्यस्तै ‘चुरे : मधेशको जीवनाधार’ शीर्षकको दोस्रो सत्रमा मधेश प्रदेश, नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झा, राष्ट्रपति चुरे तराई संरक्षण विकास समितिकी सदस्य कमला ओली शिवाकोटी, चुरे र तराईको अन्तरसम्बन्धबारे विज्ञ विजयकुमार सिंह वक्ता रहेका छन् । यस सत्रलाई लेखक तथा विश्लेषक चन्द्रकिशोरले सहजीकरण गर्नेछन् ।

त्यस्तै ‘जनकपुरको पुनर्जागरण : वैभव फर्काउने अवसर’ शीर्षकको तेस्रो सत्रमा जनकपुर उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, प्रदेशसभा सदस्य रामआशीष यादव, कानुन व्यवसायी रेखा झा र लेखक तथा विश्लेषक रोशन जनकपुर वक्ता रहेका छन् । यस सत्रलाई कान्तिपुरका मधेश प्रदेश ब्युरो प्रमुख अजित तिवारीले सञ्चालन गर्नेछन् ।

त्यसैगरी चौथो सत्रमा मधेशको सामाजिक रूपान्तरणका मुद्दालाई समेटेर ‘समाज बदलियो कि उस्तै छ’ शीर्षकमा बहस हुनेछ । जसमा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह, प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्मा, सामाजियक अभियन्ता तथा राजनीतिकर्मी सुषमा द्विवेदी र लेखक तथा विश्लेषक तुलानारायण साह वक्ता रहेका छन् । यस सत्रलाई द काठमाण्डु पोस्टका सम्पादक सञ्जीव सत्गैंयाले सहजीकरण गर्नेछन् ।

त्यस्तै मधेश मन्थनको अन्तिम सत्रमा ‘संघीयताको अभ्यास र अनुभव’बारे बहस हुनेछ । यस सत्रमा मधेश प्रदेशको ५ वर्षे कार्यकालका बारेमा पनि छलफल हुनेछ । यस सत्रमा मधेशका मुख्यमन्त्री लालबाबु राउत, राजनीतिशास्त्री प्रा.कृष्ण खनाल, राष्ट्रिय सभा सदस्य विमला राई पौड्याल र लेखक तथा विश्लेषक सीके लाल वक्ता रहेका छन् । यस सत्रलाई कान्तिपुर दैनिकमा प्रधानसम्पादक सुधीर शर्माले सहजीकरण गर्नेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]