२६ कार्तिक २०८२, बुधबार
12-11-2025 , Wed
×

सशस्त्रका हवल्दार थुनामा

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोपमा सशस्त्रका हवल्दार थुनाम

न्यूजमधेश डेस्क
काठमाडौं,२५ असार।संगठनको गोप्य सूचना पत्रकारलाई दिएको आरोप लागेका सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार जेल चलान भएका छन्।

वरिष्ठ हवल्दार नरेशसिंह साहुलाई सशस्त्र प्रहरी विशेष अदालतले पुर्पक्षका लागि जेल पठाएको हो।

उनले संगठनको गोप्य सूचना तथा जनशत्ति सम्बन्धी विवरण संचार माध्यम तथा पत्रकारलाई उपलब्ध गराएको आरोप छ।

संगठनको गोप्य र संवेदनशील सूचना भाइबरलगायत सामाजिक संजालमार्फत संचारमाध्यमलाई उपलब्ध गराउने गरेको तथा संगठन विरुद्ध बेनामी उजुरीसमेत हालेको उनीमाथि आरोप छ।

साहु २५ नम्बर चण्डिका गण हेडक्वाटर, पर्वत दरबन्दी भई ४४ नम्बर गण हेडक्वाटर दार्चुलामा कार्यरत थिए। उनले सशस्त्र प्रहरी ऐन तथा नियमावलीको बर्खिलाप गरेको पाइएपछि पुर्पक्षका लागि थुनामा पठाइएको सशस्त्र प्रहरी हेडक्वाटरले जनाएको छ।

असार २४ गतेको थुनछेक बहस सकिएपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो। आरोप प्रमाणित भए उनलाई सर्वस्वसहित जन्मकैद हुनसक्ने प्रावधान छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]