३० चैत्र २०८२, मंगलबार
14-04-2026 , Tue
×

मधेश प्रदेशका सामुदायिक बिधालयमा छैन् ,महिला सौचालय

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

जीतेन्द्र कुमार राम
जनकपुरधाम,२५ असार।भनिन्छ,मानव जिवनमा शिक्षाको महत्वपूर्ण भुमिका हुन्छ्न अर्थात मानव जिवनको एक अभिङ्ग अंग शिक्षा हो।शिक्षाकै माध्यमबाट मानबिय जिवनको यथार्थ थाहा हुन्छ।

शिक्षालय एक बिधा आर्जन गर्ने मठ हो जहाँ लैंगिक,सामाजिक,राजनैतिक आर्थिक एवं भौगोलिक असमानता नराखी सवैलाइ सम्मान व्यबहार र सम्मान दृष्टिले शिक्षा प्रदान गरिन्छ।

छात्रछात्राको लागि एउटै कक्षाकोठा रहेपनी लैंगिक समानतालाइ ध्यानमा राखी वा छात्रछात्रालाई एकरुपले व्यबहार गर्न दुबैको गोपनियता कायम राख्न प्रत्येक बिधालयमा छुट्टाछुट्टै छात्रछात्रा सौचालय ब्यबस्थापन गरिएको हुन्छ तर पनि धनुषाकै एक बिधालयमा महिला सौचालय बिनाको एक सामुदायिक बिधालय फेला परेको हो।

कुरा हो,जिल्लाको गणेशमान चारनाथ नगरपालिका ९ स्थित श्री माध्यमिक बिधालय बरमझियाको ।बिधालयमा माध्यमिक तहसम्म पठनपाठन हुन्छ ।अन्य बिधालयमा बिद्यार्थी पढ्न जान मान्दैनन तर यहाँ बिधार्थिहरुको चाओअ दिनानुदिन थपिदाकोथपिदै जानू बिधालयको भविष्यको लागि यसलाइ सकारात्मक रुपमा लिन सकिने बिधालयका निमित्त प्र अ जिवछ यादव बताउँछन्।

जनयुद्ध समय सहादत प्राप्त गर्नुभएका बरमझियाका रामबृक्ष यादवको नाउबाट बाली बिज्ञान बिषयमा प्राबिधिक शिक्षा समेत सन्चालनमा छन तर त्यही बिधालयका छात्राहरुले आफुहरुको लागि छात्रा सौचालय नहुदा छात्र सौचालय प्रयोग गर्न अनेकन बाधा अड्चन भोग्नुपरेको संगै महिनाबारी समय आफुहरुलाइ प्याड समेत बदल्न अति नै अप्ठ्यारो हुने गरेको दुखेसो पोखे।

बिधार्थिहरुका अनुसार प्रअले बिधालयमा आर्थिक हिनामिना गरि बिधालयको अस्तित्व धरापमा पारी बिधालयको पठनपाठनमा समेत निरन्तर चासो नलिएको तथा एउटा छात्रा सौचालय समेत बनाउन अटेरी गरेको प्रती असन्तुष्टि जाहेर गरि प्रअको राजिनामा माग्दै राम्ररी बिधालयको यी समस्याहरु समाधान चाडै नगरिए आफुहरु अन्यत्रै गएर पढ्नुपर्ने भन्नुभयो।

बिधालयमै आयोजित एक कार्यक्रम बीच उपस्थिति जनाइएका नगर उपप्रमुख तुलसा पान्डे पटेलले समेत आफुलाइ पनि छात्रा सौचालय नरहेका कारण अप्ठ्यारो भएको बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]