२० कार्तिक २०८२, बिहिबार
06-11-2025 , Thu
×

मधेश प्रदेशका सामुदायिक बिधालयमा छैन् ,महिला सौचालय

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

जीतेन्द्र कुमार राम
जनकपुरधाम,२५ असार।भनिन्छ,मानव जिवनमा शिक्षाको महत्वपूर्ण भुमिका हुन्छ्न अर्थात मानव जिवनको एक अभिङ्ग अंग शिक्षा हो।शिक्षाकै माध्यमबाट मानबिय जिवनको यथार्थ थाहा हुन्छ।

शिक्षालय एक बिधा आर्जन गर्ने मठ हो जहाँ लैंगिक,सामाजिक,राजनैतिक आर्थिक एवं भौगोलिक असमानता नराखी सवैलाइ सम्मान व्यबहार र सम्मान दृष्टिले शिक्षा प्रदान गरिन्छ।

छात्रछात्राको लागि एउटै कक्षाकोठा रहेपनी लैंगिक समानतालाइ ध्यानमा राखी वा छात्रछात्रालाई एकरुपले व्यबहार गर्न दुबैको गोपनियता कायम राख्न प्रत्येक बिधालयमा छुट्टाछुट्टै छात्रछात्रा सौचालय ब्यबस्थापन गरिएको हुन्छ तर पनि धनुषाकै एक बिधालयमा महिला सौचालय बिनाको एक सामुदायिक बिधालय फेला परेको हो।

कुरा हो,जिल्लाको गणेशमान चारनाथ नगरपालिका ९ स्थित श्री माध्यमिक बिधालय बरमझियाको ।बिधालयमा माध्यमिक तहसम्म पठनपाठन हुन्छ ।अन्य बिधालयमा बिद्यार्थी पढ्न जान मान्दैनन तर यहाँ बिधार्थिहरुको चाओअ दिनानुदिन थपिदाकोथपिदै जानू बिधालयको भविष्यको लागि यसलाइ सकारात्मक रुपमा लिन सकिने बिधालयका निमित्त प्र अ जिवछ यादव बताउँछन्।

जनयुद्ध समय सहादत प्राप्त गर्नुभएका बरमझियाका रामबृक्ष यादवको नाउबाट बाली बिज्ञान बिषयमा प्राबिधिक शिक्षा समेत सन्चालनमा छन तर त्यही बिधालयका छात्राहरुले आफुहरुको लागि छात्रा सौचालय नहुदा छात्र सौचालय प्रयोग गर्न अनेकन बाधा अड्चन भोग्नुपरेको संगै महिनाबारी समय आफुहरुलाइ प्याड समेत बदल्न अति नै अप्ठ्यारो हुने गरेको दुखेसो पोखे।

बिधार्थिहरुका अनुसार प्रअले बिधालयमा आर्थिक हिनामिना गरि बिधालयको अस्तित्व धरापमा पारी बिधालयको पठनपाठनमा समेत निरन्तर चासो नलिएको तथा एउटा छात्रा सौचालय समेत बनाउन अटेरी गरेको प्रती असन्तुष्टि जाहेर गरि प्रअको राजिनामा माग्दै राम्ररी बिधालयको यी समस्याहरु समाधान चाडै नगरिए आफुहरु अन्यत्रै गएर पढ्नुपर्ने भन्नुभयो।

बिधालयमै आयोजित एक कार्यक्रम बीच उपस्थिति जनाइएका नगर उपप्रमुख तुलसा पान्डे पटेलले समेत आफुलाइ पनि छात्रा सौचालय नरहेका कारण अप्ठ्यारो भएको बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]