०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

विद्यालयको समस्या समयमै समाधान नभए आन्दोलन गर्ने विद्यार्थीले दिए `मेयर´लाई चेतावनी

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

 

न्यूजमधेश डेस्क
जनकपुरधाम,२५ असार । धनुषा
जिल्लाको एक बिधालयका बिधार्थिहरुले बिधालयमा भएको लापरबाही,राजनीति तथा कमिकमजोरी समयमै समाप्त नभए बिधालयका सम्पुर्ण बिधार्थिहरु आन्दोलन बस्न बाध्य हुनुपर्ने जनाइएको छ।

जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं ९ स्थित रहेको श्री माध्यमिक बिधालयमा संचालित प्राबिधिक शिक्षा बाली बिज्ञानका बिधार्थिहरुले बिधालयमै आयोजित एक कार्यक्रममा उपस्थित नगरप्रमुख जितनारायण यादवलाइ एक पत्र हस्तान्तरण गर्दै उक्त चेतावनी दिएका हुन।

बिधालयमा आयोजित स्व.सुधा तिमिल्सिना पंखा बितरण कार्यक्रममा बिधालयकै एक छात्राले विभिन्न माग राख्दै गुणासो सहित आन्दोलन समय कुनै प्रकारको भौतिक क्षती भए बिधालयका निमित्त प्र अ जिबछ यादब पुर्ण जिम्मेवार रहने समेत बताउनुभएको हो।

बिद्यार्थीहरुका मागहरु नियमित कक्षा संचालन हुनुपर्ने,प्रयोगात्मक कक्षा सन्चालन हुनुपर्ने,बिषयगत शिक्षक नियुक्ती गर्नुपर्ने ,सौचालय ब्यबस्थित गर्नुपर्ने,खानेपानी ब्यबस्थापन गर्नुपर्ने ,प्रयोगात्मक सामाग्री उपलब्ध गराउनुपर्ने ,कम्प्युटर कक्षा संचालनमा ल्याउनुपर्ने,पुस्तकालय ब्यबस्थापन गर्नुपर्ने,बिज्ञान बिषय अन्तर्गत भौतिक बिज्ञान बिषयको शिक्षक परिवर्तन गर्नुपर्ने,पाठ्यपुस्तकको ब्यबस्थापन गर्नुपर्ने रहेका छन।

कार्यक्रममा उपस्थित नगर उपप्रमुख तुलसा पान्डे पटेल समेतले बिधालयमा आफुलाइ पनि पुरुष सौचालय प्रयोग गर्न अप्ठ्यारो महसुस भएको बताउदै झन छात्रालाइ कति समस्या पर्छन होला भनेर चाडै बिधार्थिको माग सम्बोधन गर्नुका साथै समर्थन पनि गरेकि हुन।

बिधालयमा गणेशमान चारनाथका मात्र नभइ अन्यत्रका समेत बिद्यार्थी अध्ययन गर्न आउदै गरेका दुई दर्जन बिद्यार्थीहरुले उक्त पत्रमा हस्ताक्षर गरि आन्दोलनमा उत्रीनुपर्ने बताउनुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]