३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

किशोरी र आमाहरु नै सक्रिय भएर लागेपछि बालविवाहमा कमी

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

न्यूजमधेश डेस्क
सबैला,२५ असार। जिल्लाको सबैला नगरपालिकामा बालविवाहमा कमी आएको छ । बालविवाह रोक्न किशोरी र आमाहरु नै सक्रिय भएर लागेपछि यहाँ अहिले बालविवाहमा कमी आएको हो ।

सबैला नगरपालिकामा बालविवाह न्यूनिकरण गर्न यहाँका सबैजसो वडामा छात्रा सञ्जाल र आमा समूह गठन गरिएको छ । उहाँहरु बालविवाह हुन लागेको जानकारी पाएपछि अभिभावक र किशोरीलाई सम्झाउने बुझाउने गर्नुहुन्छ । यसलगायत सानै उमेरमा विवाह गर्दा स्वास्थ्य तथा कानूनी समस्याका बारेमा विद्यालय र टोल–टोलमा किशोरी भेला गरेर जानकारी दिने गर्नुहुन्छ ।

आसमान नेपालले बालविवाह न्यूनिकरण परियोजना अन्तर्गत सबैला नगरपालिकाको १३ वटै वडामा छात्रा सञ्जाल तथा आमा समूह गठन गरेको छ । सो समूहले बालविवाह न्यूनिकरणका क्षेत्रमा कार्य गर्नुका साथै विद्यालय बाहिर रहेका विद्यार्थी उमेर समूहका बालबालिकालाई विद्यालयसम्म पठाउन सहजीकरणको भूमिका समेत निर्वाह गर्दै आउनु भएको छ ।

उहाँहरुसँग कतिको सङ्ख्यामा बालविवाह रोकेको भनेर आधाकारिक तथ्याङ्क नभएपनि थुप्रै बालविवाह रोकेको बताउनुहुन्छ ।
सबैला नगरपालिका–११ इनर्वाकी रविताकुमारी यादवले यस नगरपालिकामा ८० प्रतिशत बालविवाहको घटनामा कमी आएको बताउनुभयो । उहाँले विपन्न, दलित र मुस्लिम समुदायमा अझै कुरिति विधमान रहेको बालविवाह मुक्त हुन नसकेको जानकारी दिनुभयो ।

चेतना अभाव र धार्मिक अन्धविश्वासले यहाँ बालविवाह गर्ने क्रम रोकिएको छैन । अभिभावकको जिम्मेवारीबाट छिट्टै मुक्त खोज्नु, पछि गएर छोरी विवाह गर्न समस्या हुने र छोरीलाई कम उमेरमै कन्यादान गर्दा पुण्य पाइन्छ भन्ने मान्यताले बालविवाह जटिल समस्याको रुपमा रहेको छ ।

‘निक शिक्षा दिअ’ परियोजनकी कर्मचारीसमेत रहनुभएकी रविताले विस्तारै सुधार हुँदै जाने बताउँदै बालविवाह रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन पश्चात किशोरीहरु स्वयम् जागरुक बन्न थालेको भन्नुभयो ।

बालविवाह रोकथाम गर्न सक्रिय छात्रा सञ्जाल तथा आमा समूहले उमेर नपुगी विवाह गर्दा विवाह दर्ता, बच्चा भइहाले बच्चाको जन्मदर्ता र किशोरीको स्वास्थ्य समस्या आउने जस्ता कुरा किशोरी र तिनका अभिभावकलाई सम्झाउने गरिएककाले बालविवाहको दर निकै कम भएको बालविवाह न्यूनिकरण परियोजनाकी संयोजक दुर्गा अधिकारीले बताउनुभयो ।

उहाँले बालविवाह गर्दा शिक्षाबाट वञ्चित हुने, किशोरी आमाहरूको स्वास्थ्यमा असर पुग्ने र सम्बन्ध पनि दिगो नहुने भन्दै किशोरीहरूले गाउँमा सचेतना अभियान थालेका जानकारी दिनुभयो ।

सबैला नगरपालिकाकी नगर उपप्रमुख रहिमा खातुनले बालविवाह न्यूनिकरण चुनौतीका रुपमा रहेको भन्दै छात्रा सञ्जाल र आमा समूहको प्रयासले सफलता प्राप्त गरिरहेको बताउनुभयो । उहाँहरुले विद्यालय र गाउँमा घरदैलो अभियानमार्फत बालविवाहविरुद्ध सचेतना जगाउने काम गर्नुभएको उहाँले भन्नुभयो ।(गतिलो खबर)

 

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम। भारतको सुरतमा ज्यान गुमाएका एक परिवारलाई जनमत पार्टीका नेताकार्यकर्ताहरुले आर्थिक सहयोग गरेका छन् । धनुषाको कमला नगरपालिका-४ सघारा घर भएका ५५ वर्षिय महेन्द्र महराले घर परिवार चलाउन भारतको सुरतमा केहिदिन अगाडि गरेको थिए।तर,उहाँको सुरतमा काम गरेको दुई महिनामै मृत्यु भएको थियो। महराको आर्थिक रुपमा एकदमै कमजोर रहेकोले जनमत पार्टीका नेताकार्यकर्ताहरुले उनको परिवारलाई २५ हजार […]

जनकपुरधाम । क्षमतावान युवाहरुलाई प्रोत्साहन गर्न जनकपुरधाममा ‘युथ कार्निवल’ हुन लागेको छ । अगामी जेठ ४ र ५ गते जनकपुरधाम उद्योग वाणिज्य संघको हलमा यो कार्यक्रम हुन लागेको हो । ‘एमएम डिजिटल ग्राज’को आयोजनामा हुन गइरहेको यस दुई दिवसीय कार्यक्रममा चार वटा विर्मशको सत्र राखिएको आयोजक संस्थाको प्रतिनिधि गौतम शर्माले जानकारी दिए । उनका अनुसार […]

जनकपुरधाम । मधेश प्रदेश सभाको अर्थ तथा योजना समितिका सभापति तथा प्रदेश सांसद सतिश कुमार सिंहले स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका-२ मा स्वास्थ्य चौकी भवनको शुक्रबार एक कार्यक्रमबीच सभापति सिंहले शिलान्यास गरेको छ। सिंह सप्तरी निर्वाचन क्षेत्र नं.२(क) जनमत पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् । भवन निर्माणको लागि […]