२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

एक सातामा चट्याङले एकको मृत्यु, १७७ भेडाबाख्रा मरे

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

न्युजमधेस डेस्क

जनकपुरधाम,२५ असार।

 एक सातामा चट्याङले एक जनाको मृत्यु भएको छ भने १७७ भेडाबाख्रा मरेका छन् । जुम्लामा
बुधबार चट्याङले तिला गाउँपालिका – ९ मालापानीका १८ वर्षीय प्रेम बुढाको मृत्यु भएको हो ।

घरबाट सिमी गोडमेल गर्न गएको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तातोपानी गाउँपालिका–८ को भेडी खर्क पाटन क्षेत्रको डैसिले लेकको धर्मशालामा चट्याङले ४७ वटा भेडाबाख्रा मरेका हुन् । बुधबार बेलुका तातोपानी ८ डैसिले लेकको धर्मशालामा परेको चट्याङले ४७ वटा भेडाबाख्रा मरेको र ३८ वटा घाइते भएको तातोपानी ८ का वडाअध्यक्ष नर बहादुर रावतले बताएका छन् ।

भेडापालक लालबहादुर शाही, बल बहादुर शाही, नैने शाही, रामबहादुर शाही, खडक शाही, तिला गाउँपालिका ४ का मणिचन्द्र उपाध्याय र दिपक चौंलागाईका भेडाबाख्रा मरेका हुन । तातोपानी गाउँपालिका ६ का अध्यक्ष विशाल खड्काको नेतृत्वमा क्षति विवरण संकलनका क्षतिग्रस्त स्थलमा पुगेर फर्किएको छ ।

तथ्यगत विवरण सँकलन गरी फर्किएको वडाअध्यक्ष खड्काले बताए । क्षतिपूर्ति र राहत प्रदानका लागि गाउँ कार्यपालिकाको बैठकबाट निर्णय गरिने समेत उनले बताएका छन् यस्तै जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको बागजाले पाटनमा १७ असार बेलुका चट्याङ पर्दा १३० भेडाबाख्रा मरेका छन् भने ३ सयभन्दा बढी बेपत्ता भएका छन् । यस घटनाबाट भेडापालक कृषकको आयस्रोत नै गुमेको छ ।

भेडाबाख्राको एक बथानमा चट्याङ पर्दा भेडाबाख्रा मर्नुका साथै बेपत्ता भएका हुन् । सोही गाउँपालिका–४ का भेडापालन बर्खा सिजनमा बागजाले पाटनमा भेडाबाख्रा पालन गर्दै आएका थिए । बेपत्ता हराएका भेडा अझै भेटिएका छैनन् ।

चट्याङ पर्दा भेडाबाख्रा मरेपछि कृषकको आयस्रोत नै गुमेको पशुसेवा प्राविधिक हरि सार्कीले बताए । उनले भने विपद्का कारण कृषकले ठुलो क्षति व्यहोर्नु परेको छ । राज्यले क्षतिपूर्ति तथा राहतको व्यवस्थापन गर्न आवश्यक देखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]