२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

 

न्युजमधेस डेस्क
जनकपुरधाम,२५ असार।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ । एक महिनाको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २४ अमेरिकी डलरले घटेको छ ।   प्रशोधित तेलको मूल्य पनि घटेको छ । पेट्रोलमा प्रतिब्यारेल १० अमेरिकी डलरले घटेको छ भने डिजेलमा १५ डलरले घटेको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो तर तत्कालको अवस्थाले नेपालमा प्रभाव पार्छ पर्दैन यसै भन्न नसकिने उहाँको भनाइ छ ।

निगमका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ डलरबाट घटेर एक सय डलरको हाराहारीमा आइपुगेको छ । अमेरिकी डलर महँगिएपछि तेलको मूल्य घटेको हो ।  प्रवक्ता उपाध्यायले भन्नुभयो, “कच्चा तेल र प्रशोधित तेलको मूल्य घटेको छ । यही अनुपातमा घटिरह्यो भने नेपालमा पनि राहत हुने विश्वास लिएका छौंँ, आशावादी पनि छौँ ।”

अन्तर्राष्ट्रिय बजारमा घटिरहेको कच्चा तेलको मूल्य सकारात्मक सङ्केत भएको निगमले जनाएको छ । १५ दिनसम्म निरन्तर गिरावट भइरहे निगमले खरिद गर्ने प्रशोधित तेलको मूल्य पनि घट्नेछ ।  निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट १५ दिनमा मूल्यसूची पाउँछ । उपाध्यायले भन्नुभयो, “निरन्तर ओरालो लागे त्यसले निगम र उपभोक्तालाई राहत मिल्छ ।” हाल निगमलाई प्रतिलिटर पेट्रोलमा ३० रुपियाँ र डिजेलमा ३८ रुपियाँ घाटा छ । मासिक घाटा करिब नौ अर्ब रुपियाँ छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]