०५ फाल्गुण २०८२, बुधबार
18-02-2026 , Wed
×

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

 

न्युजमधेस डेस्क
जनकपुरधाम,२५ असार।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएको छ । एक महिनाको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २४ अमेरिकी डलरले घटेको छ ।   प्रशोधित तेलको मूल्य पनि घटेको छ । पेट्रोलमा प्रतिब्यारेल १० अमेरिकी डलरले घटेको छ भने डिजेलमा १५ डलरले घटेको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो तर तत्कालको अवस्थाले नेपालमा प्रभाव पार्छ पर्दैन यसै भन्न नसकिने उहाँको भनाइ छ ।

निगमका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल १२४ डलरबाट घटेर एक सय डलरको हाराहारीमा आइपुगेको छ । अमेरिकी डलर महँगिएपछि तेलको मूल्य घटेको हो ।  प्रवक्ता उपाध्यायले भन्नुभयो, “कच्चा तेल र प्रशोधित तेलको मूल्य घटेको छ । यही अनुपातमा घटिरह्यो भने नेपालमा पनि राहत हुने विश्वास लिएका छौंँ, आशावादी पनि छौँ ।”

अन्तर्राष्ट्रिय बजारमा घटिरहेको कच्चा तेलको मूल्य सकारात्मक सङ्केत भएको निगमले जनाएको छ । १५ दिनसम्म निरन्तर गिरावट भइरहे निगमले खरिद गर्ने प्रशोधित तेलको मूल्य पनि घट्नेछ ।  निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट १५ दिनमा मूल्यसूची पाउँछ । उपाध्यायले भन्नुभयो, “निरन्तर ओरालो लागे त्यसले निगम र उपभोक्तालाई राहत मिल्छ ।” हाल निगमलाई प्रतिलिटर पेट्रोलमा ३० रुपियाँ र डिजेलमा ३८ रुपियाँ घाटा छ । मासिक घाटा करिब नौ अर्ब रुपियाँ छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]