२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

श्रीलंकाका राष्ट्रपति सरकारी निवास छाडेर फरार

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

न्युज मधेस डेस्क
एजेन्सी,२५ असार।
श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षा सरकारी निवास छाडेर फरार भएका छन् । राजधानी कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीले घेरा हालेपछि राष्ट्रपति राज्यपक्षका फरार भएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ ।

श्रीलंकाको आर्थिक संकटलाई लिएर सरकारविरुद्ध प्रदर्शनका लागि भेला भएका हजारौ प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि प्रदर्शनकारीहरुले राष्ट्रपति निवासलाई घेर्न पुगेका थिए ।

बस, रेल र ट्रकमा भरिएका हजारौं प्रदर्शनकारीहरू आफूहरुलाई देशको आर्थिक संकटबाट बचाउन नसकेको भन्दै कोलम्बोको सडकमा उत्रिएका थिए ।

कालो झण्डा र राष्ट्रिय झण्डा बोकेका प्रदर्शनकारीहरूले राष्ट्रपतिविरुद्ध नाराबाजी गरेका थिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले चालु आर्थिक वर्षको आठ महिनामा सवारीसाधनको जरिवाना बापत रु एक करोड ५० लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयले फागुन मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरेका १५ हजार पाँच सय ९१ सवारीसाधनबाट सो राजस्व सङ्कलन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले सो अवधिमा […]

काठमाडौं । किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान संगठनहरूले शुक्रबार भारत बन्दको घोषणा गरेका छन् । संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानमा यो बन्द गरिएको हो । ग्रामीण बन्दका कारण आज कृषिसम्बन्धी सबै काम बन्द रहने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ग्रामिण भारत बन्द भएकाले आज खेतीपातीसँग सम्बन्धित गतिविधि बन्द […]