१९ कार्तिक २०८२, बुधबार
05-11-2025 , Wed
×

विद्युतीय उपकरणका कारण जाँतो र सिलौटो बिक्री हुन छाडेपछि समुदायको पेशा नै सङ्कटमा

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२५ असार।नेपालमा लोपोन्मुख जातीको सूचीमा रहेको थवई जातीको पुर्ख्यौली पेशा सङ्कटमा परेको छ । जाँतो र सिलौटो बनाउने उहाँहरुको पुर्ख्यौली पेशा हो । आधुनिकतासँगै भित्रिएको दाल, गहुँ पिँध्ने मिल र मसला पिँध्ने विद्यतीय उपकरणका कारण जाँतो र सिलौटो बिक्री हुन छाडेपछि समुदायको पेशा नै सङ्कटमा परेको छ ।

धनुषाको सबैला नगरपालिका –९ भठिहनका ५५ वर्षीय जयराम थवईले जहाँतहीँ खुलेका विद्यतीय मिल र गाउँघरमा समेत मसला पिँध्ने ‘ग्राइण्डिङ्ग’ मेशिन छ्यापछ्याप्ती भएकाले ढुङ्गा खोप्ने अनि जाँतो र सिलौटो बनाउने पुर्ख्यौली पेशा संकटमा परेको बताउनुभयो । विगत ३० वर्षदेखि यही पेशाबाट जीविकोपार्जन गर्दै आउनुभएका जयरामले भन्नुभयो, “पहिला–पहिला एक दिनमा १०–१२ वटासम्म सिलौटो र जाँतो बिक्थ्यो । तर अहिले मुस्किलले दुई वटा पनि बिक्दैन ।”

एउटा सिलौटोको मुल्य चार सयदेखि छ सयसम्म र जाँचोको मुल्य एक हजारदेखि एक हजार पाँचसय रुपियाँसम्म बिक्री हुने गरेकोमा लागत मुल्यसमेत असुलउपर हुँदैन । एउटा जाँतो कोप्न दिनभर लाग्नेगरेको उहाँको भनाइ छ । त्यस्तै, दिनभरमा दुई वटासम्म सिलौटो खोप्न सकिन्छ, जयरामले भन्नुभयो ।

आफूले गर्दैआएको पेशाबाट आम्दानी हुन छाडेपछि वैदेशिक रोजगारीको सिलसिलामा दुई पटक कतार गएको तर दुबै पटक स्वास्थ्य जाँचमा फेल भएपछि एक महिनामै फर्केर आउनुपरेकाले साहूको ऋण लागेको उहाँले सुनाउनुभयो ।

भठिहन चौकमा सानो छाप्रो हालेर ढुङ्गा खोप्दै आउनुभएका जयरामको सात जनाको परिवार छ । परिवारका सबै सदस्य यही पेशामा छन् । सिलौटा र जाँतो बनाउन गुणस्तरीय ढुङ्गा नेपालमा नपाउँदा बढी समस्या परेको उहाँहरुको भनाइ छ । उदयपुर जिल्लाको कटारीस्थित पहाडमा यस्तो ढुङ्गा पाउने गरेको भएपनि वन कर्मचारी र वन समितिले ल्याउन नदिएको जयरामले बताउनुभयो ।

जयरामको जेठो छोरा अजय थवईका अनुसार भारतको जयपुर र राजस्थानबाट ढुङ्गा आयात गरेर सिलोटो र जाँतो बनाउँदा लागत मुल्य बढ्न गई व्यापार घाटा हुनेगरेको छ । घोडा र गधालाई बोकाएर गाउँटोल चहारेर तथा पसल थापेर यी सामग्री बिक्री गर्दैआएका अयजले भन्नुभयो, “नेपालमा लोपोन्मुख जातीको सूचिमा रहेकाले सरकारले मासिक भत्ता दिँदैआएको छ । आफ्नै नाउँमा जमिन उपलब्ध गराइदिएको भए घर बनाएर बस्थेँ ।” नेपालमा थवई जातिको सङ्ख्या दुई सय घरधुरी मात्र रहेको तथ्याङ्कमा उल्लेख छ ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]