१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

बुढीगंगा नगरपालिकाको मेयर र उमपेयरमा एमाले विजयी

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्यूजमधेश डेस्क
बाजुरा,२६ असार। बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। नगरप्रमुखमा रामबहादुर बानियाँ र नगर उपप्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन्।

बिहीबार सम्पन्न भएको निर्वाचनमा एमालेका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएका छन्। यस्तै, उपप्रमुखमा कुँवरले ४ हजार ७ सय २७ मत ल्याएकी छन्।

नगरप्रमुखमा बानियाँका निकटतम प्रतिद्वन्द्वाी नेपाली कांग्रेसका नगर प्रमुख रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत ल्याएर पराजीत भएका छन्।

यस्तै उपप्रमुखमा पनि कांग्रेसकाबा उम्मेदवार बनेकी रिता शाहीले ३ हजार ७ सय ५५ मत ल्याएकी छिन्।

१० वटा वडा रहेको बुढिगंगा नगरपालिकामा ७ वडामा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले जितेका छन्।

वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्। वडा नं ४, ७ र ८ मा नेपाली कांग्रेसले जितेको छ।
वैशाख ३० गतेको निर्वाचनमा धाँधली भएको कांग्रेसले गुनासो गरेपछि असार २३ फेरि मतदान भएको थियो। २०७४ सालमा भने उक्त नगरपालिका कांग्रेसले जितेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]