१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

बुढीगंगा नगरपालिकाको मेयर र उमपेयरमा एमाले विजयी

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्यूजमधेश डेस्क
बाजुरा,२६ असार। बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। नगरप्रमुखमा रामबहादुर बानियाँ र नगर उपप्रमुखमा माया कुमारी खड्का (कुँवर) विजयी भएका हुन्।

बिहीबार सम्पन्न भएको निर्वाचनमा एमालेका उम्मेदवार बानियाँले ४ हजार ७ सय ७७ मत ल्याएका छन्। यस्तै, उपप्रमुखमा कुँवरले ४ हजार ७ सय २७ मत ल्याएकी छन्।

नगरप्रमुखमा बानियाँका निकटतम प्रतिद्वन्द्वाी नेपाली कांग्रेसका नगर प्रमुख रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत ल्याएर पराजीत भएका छन्।

यस्तै उपप्रमुखमा पनि कांग्रेसकाबा उम्मेदवार बनेकी रिता शाहीले ३ हजार ७ सय ५५ मत ल्याएकी छिन्।

१० वटा वडा रहेको बुढिगंगा नगरपालिकामा ७ वडामा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले जितेका छन्।

वडा १, २, ३, ५, ६, ९ र १० मा नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्। वडा नं ४, ७ र ८ मा नेपाली कांग्रेसले जितेको छ।
वैशाख ३० गतेको निर्वाचनमा धाँधली भएको कांग्रेसले गुनासो गरेपछि असार २३ फेरि मतदान भएको थियो। २०७४ सालमा भने उक्त नगरपालिका कांग्रेसले जितेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]