०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान

Logo
प्रकाशित आइतबार, आषाढ २६, २०७९

न्युजमधेस डेस्क
एजेन्सी,२६ असार।
श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् ।

विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको राजीनामा नआएसम्म निवास नछाड्ने प्रदर्शनकारीहरूले अडान लिएका बीबीसीले जनाएको छ ।

‘हाम्राे सङ्घर्ष सकिएकाे छैन’, विद्यार्थी आन्दाेलनका नेता लाहिरु वीरासेकाराले एएफपीसँग भनेका छन्, ‘राष्ट्रपति राजापाक्षेले साँच्चिकै नछाेडेसम्म हामी याे सङ्घर्ष छाड्ने छैनाैँ ।’

प्रदर्शनकारीहरूले हिजो शनिवारदेखि राष्ट्रपति भवन कब्जामा लिएका छन् भने प्रधानमन्त्रीको निवासमा पनि आगजनी गर्नुको साथै कब्जामा पनि लिएका छन् ।

आज आइतवार बिहान मात्रै राष्ट्रपति गोटाबाया राजापाक्षेले आउँदो बुधवार राजीनामा दिने सन्देश पठाउनुभएको छ । यस्तै प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि संयुक्त सरकार बनाउन आफू तयार रहेको बताउनुभएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]