०४ कार्तिक २०८२, मंगलबार
21-10-2025 , Tue
×

सबैलाको फकिरचन्द मा.वि.परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित सोमबार, आषाढ २७, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२७ असार। धनुषा जिल्लाको सबैला नगरपालिका वार्ड नं. १२ रघुनाथपुरको बरकुर्वा स्थित फकिरचन्द गामी मा.वि. परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

बिधालयलाई हरियाली बनाउने र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट जोगाउन बिधालय वरिपरि बृक्षारोपण गरिएको तथा  बिधालयको वातावरणलाई हराभरा बनाउने उदेश्यले बृक्षारोपण गरिएको बताएको छ।

विद्यालय व्यवस्थापन समितिको सक्रियता र अगुवाईमा सवैला नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष रामनारायण कुमरको उपस्थितीमा विद्यालयको प्राङ्गणमा वृक्षारोपण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद कुमार पालले विभिन्न दर्जन प्रजातीका विरुवाहरु रोपिएको बताए । विद्यालय पोशाकमा शिक्षक, शिक्षिका, विद्यार्थीहरुको उपस्थिती र वृक्षारोपणमा देखिएको उत्साहजनक सहभागिताले विद्यालयमा शिक्षा, सुधार र वृहत प्रगतीको पुर्नजागरणको संकेत आफुले पाएको दाता परिवारका सदस्य उमेश गामीले बताए ।

गामीले निर्वाचन, दल, सत्ता र व्यक्तित स्वार्थका लागि मात्र राजनिति हुनुपर्नेमा विद्यालय, मठमन्दिर सहितका समाजिक धरोहरहरुमा राजनिति हुनु दु:खद रहेकाले शिक्षाको मन्दिर विद्यालयको सुधारमा सबै एकजुट हुनुपर्ने बताए ।

सो कार्यमा सबैला नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मिथिला साह, अन्य वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, पुर्वशिक्षक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, जनपथ र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु, युवा अगुवा, नागरिक अगुवाहरुको सहभागिता थियो ।

२०१६ सालमा स्थापित विद्यालय करिव डेढ दशक अगाडि सम्म मात्र धनुषा र यस क्षेत्रकै नामी र सफल विद्यालयमा गिन्ती हुने गरेको जरजर अवस्थामा पुगेपछि नागरिक अगुवाहरु सुधारमा केन्द्रित हुन थालेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]