०८ कार्तिक २०८२, शनिबार
25-10-2025 , Sat
×

निर्धारित समयभन्दा तीन महिना अगाडि सम्पन्न भयो पुल, निर्माण कम्पनीलाई पुरस्कृत गरिने

Logo
प्रकाशित मंगलबार, आषाढ २८, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम, २८असार।
सम्झौता अवधि सकिनु ३ महिना अगाडि नै मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ र १२ जोड्ने पक्की पुल निर्माण सम्पन्न भएको छ । बागमती प्रदेश सरकारको लगानीमा निर्माण भएको हेटौंडा–११ नवलपुर र १२ नम्बर वडा, पदमपोखरी जोड्ने पक्की पुल निर्माण निर्धारित समयभन्दा तीन महिना अगाडि सम्पन्न भएको हो ।

बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले गत २०७६ असोज २७ गते सो पुल निर्माणका लागि ललितपुरको एलिट कन्स्ट्रक्सन कम्पनी प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । २१५ मिटर लम्बाइको सो पुल निर्माणका लागि २०७६ असोजबाटै काम सुरु गरिएको थियो भने प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ मंसिरमा शिलान्यास गरेका थिए ।

निर्माण कम्पनीले सो पुल र पुलसम्म पुग्ने ७ सय मिटरको एप्रोच सडक २०७९ असार २४ गते सम्पन्न गरेर मन्त्रालयलाई हस्तान्तरण गरेको हो । कुल ३२ करोड ८८ लाख २९ हजारमा निर्माण सम्पन्न हुने अनुमान गरिएको ४ स्पानको ११ मिटर चौडाईको पुल २७ करोड ४६ लाख २० हजार रुपैयाँमा कम्पनीले ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका प्रतिनिधि राजु बिडारीले पुल निर्माण अझ छिट्टै सक्ने योजना रहे पनि पर्सा राष्ट्रिय निकुञ्जका कारण समस्या व्यहोर्नु परेको बताए । निकुञ्जसँगको सम्न्वयमा केही समस्या सिर्जना हुँदा पुल निर्माणमा केही समय बढी लागेको उनले बताए ।

‘निकुञ्जसँगको केही समस्याका कारण पुल निर्माण कार्यमा योजना अनुसार सम्पन्न गर्न समस्या भयो । निकुञ्जसँगको समन्वयमा समय खर्चनु नपरेको भए हामी अझै छिटो निर्माण गर्न सक्थ्यौँ’, उनले भने ।

यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक डा. सहदेव भण्डारीका अनुसार पुल २०७९ असोज २६ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । निर्धारित समयभन्दा अगाडि नै निर्माण सम्पन्न गरेकोमा निर्माण कम्पनीलाई पुरस्कृत गरिने उनले बताए ।

‘प्रदेश सरकारको लगानीमा बनेको यो पुल सम्झौता मिति भन्दा ३ महिना अगाडि नै सम्पन्न भएको छ । निर्माण कम्पनीले आफ्नो जिम्मेवारीलाई महत्वपूर्ण ढंगबाट निर्वाह गरेको पाइएको छ,’ उनले भने, ‘हामी निर्माण कम्पनीलाई पुरस्कृत गर्नेछौँ । हामी निर्माण कम्पनीलाई दैनिक ०.०५ प्रशितका दरले बाँकी समयको रकम पुरस्कारस्वरुप उपलब्ध गराउने छौँ ।’

उनका अनुसार प्रदेश सरकार गठन भएदेखि हालसम्म १०० वटा पुल निर्माणको ठेक्का आह्वान गरिएकोमा ७१ वटा पुल निर्माण सम्पन्न भइसकेको छ । जसमध्ये दुई वटा पुल तोकिएको समयभन्दा अगाडि सम्पन्न भएको उनले बताए ।

सम्झौता म्याद अगाडिनै सम्पन्न भएको अर्को पुल नुवाकोटको तादी खोलामा पनि छ । ६५ मिटरको सो पुुल तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको उनले बताए ।

प्रदेश सरकारले ठेक्का आह्वान गरेका १०० वटा पुलमध्ये ३० वटा पुल निर्माणाधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ । ती पुलहरु क्रमागत योजना अन्तर्गत निर्माण भइरहेको उनको भनाइ छ । आगामी आर्थिक वर्षमा ती पुल निर्माण सम्पन्न हुने उनले बताए ।

त्यस्तै आगामी आर्थिक वर्षमा करिब २०० वटा पुलको ठेक्का आह्वान गर्ने तयारी भइरहेको उनको भनाइ छ । विगत १५ वर्षदेखि हेटौंडा–१२ सहित साविकको हाँडीखोला गाविस वडा नम्बर–१, २ का नागरिकले पुल नहुँदा समस्या भोग्दै आएका थिए । तोकिएको समयअगाडि नै पुल निर्माण सम्पन्न भएपछि सो क्षेत्रका करिव ३ हजार घरपरिवार लाभान्वित हुने भएका छन् ।

विगत १५ वर्षदेखि सो क्षेत्रका नागरिक पुल निर्माणको माग गर्दै सरकारी निकाय धाइरहँदासमेत माग सम्बोधन हुन सकेको थिएन । पक्की पुल नहुँदा स्थानीयलाई विशेष गरी वर्षात्का समयमा आवतजावतमा समेत समस्या भोग्नु परेको थियो ।

हेटौंडा बजारबाट पश्चिमतर्फ ५ किलोमिटरको दुरीमा रहेको सो पुल नहुँदा त्यस क्षेत्रका नागरिकहरु दैनिक १ घण्टाको पैदल यात्रा गरेर हेटौंडा बजारसम्मको यात्रा गर्न बाध्य थिए । पुल र बाटो निर्माण भएसँगै त्यसक्षेत्रमा उत्पादन हुने खाद्यान्न बाली बजार ल्याउन सहज हुने स्थानीयहरु बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]