०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

नवनिर्वाचित मेयर यादवको निर्देशनमा जनकपुरधामस्थित रहेको सबैला नपाको अघोषित कार्यालय सारियो

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२९ असार। धनुषाको सबैला नगरपालिकाका नवनिर्वाचित मेयर कारीराम यादवको निर्देशनमा जनकपुरधामस्थित सबैला नगरपालिकाको अघोषित कार्यालय मंगलबार सारिएको हो।

विगत चार वर्षदेखि जनकपुरधाममा अघोषित रूपमा सञ्चालनमा रहेको जिल्लाको सबैला नगरपालिकाको कार्यालय सारिएको छ।

चार वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका वडा नं.८ बजरंगचोकस्थित सबैलाका तत्कालीन मेयर विजयशंकर साह र प्रशासकीय अधिकृत राजबाबु पुडासैनीले एक घरमा कोठा भाडामा लिई अघोषित कार्यालय राखेका थिए ।

प्रशासकीय अधिकृतको डेराका लागि नगरपालिकाले मासिक १५ हजार रुपैयाँ भाडामा लिएको सो घरमा अघोषित रुपमा कार्यालय सञ्चालन गरिएको थियो।

नगरपालिकामा हुनुपर्ने महत्त्वपूर्ण कागजात, अभिलेख ठूलो मात्रामा यसै डेरामा राखेको पाइएको छ।

टिपर र ट्याक्टरको प्रयोग गरी सम्पूर्ण सरसामान नगरपालिका कार्यालयमा ओसारिएको हो ।

अघोषित कार्यालय खाली गराएर सबै कागजात, फर्निचर, प्रिन्टरलगायत सबै सामान मेयर यादवको निर्देशनमा नगरपालिका कार्यालय लगिएको छ। एक कर्मचारीका अनुसार आर्थिक वर्ष २०७७।०७८ को महालेखा परीक्षण भएको नगरपालिकाको सबै फाइल यस अघोषित कार्यालयमा राखिएको थियो ।

संघीयता आएपछि गाउँगाउँमा सिंहदरबार भनिए पनि कतिपय पालिकाका प्रमुख र प्रशासकीय अधिकृत मिलेर सहरमा अघोषित कार्यालय सञ्चालन गर्ने गरेको पाइएको छ।

मोटो कमिसनको सेटिङ गरेर गोप्य तरिकाबाट कागजात मिलाएर यस्तै अघोषित कार्यालयबाट कामकाजसहित चेक काटेर भुक्तानी दिने गरिन्छ। कार्यालयमा सेवाग्राही पुग्दा कागजात अभिलेखको कारण कर्मचारीले काममा आलटाल गर्ने प्रवृत्ति बढेको छ।

सो परम्परालाई सबैलाका नवनिर्वाचित मेयर यादवले तोडेका हुन्।

जनताको बहुमूल्य महत्त्वपूर्ण कागजात, अभिलेख, फर्निचरजस्ता सार्वजनिक सम्पती नगरपालिका कार्यालयमै हुनुपर्ने भएकाले अघोषित कार्यालय खाली गरेको मेयर यादवले बताए ।

सरकारी कागजात अवैध रुपमा बाहिर राख्ने र कार्यालयमा आएका सेवाग्राहीको काम नगरी सास्ती दिने गरेकाले थाहा पाएपछि जनकपरमा संचालित अघोषित कार्यालय सारिएको मेयर यादवले बताए ।(टुडेपाटी)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]