१६ बैशाख २०८२, बुधबार
30-04-2025 , Wed
×

केहि जिल्लामा ठूलो पानी परिरहेकाले नदी तथा खोलामा पानीको बहाव बढ्यो

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

न्युजमधेस डेस्क
काठमाडौ, २९असार।
पछिल्लो तीन घण्टायता काठमाण्डौ उपत्यकासहित सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट आसपासको क्षेत्रमा ठूलो पानी परिरहेको छ ।

४ वटा जिल्लामा ठूलो पानी परिरहेकाले नदी तथा खोलामा पानीको बहाव बढेको छ । विशेष गरी खिम्ती खोला र सोलुखोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले  आज राति ९ बजेसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पानी पर्ने क्रम अझै एक/दुई घण्टा कायम रहने मौसमविद् सजिना शाक्यले बताउनुभयो । यस्तै अहिले वाग्मतीसँगै प्रदेश-१ र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

पछिल्लो तीन घण्टामा काठमाण्डौ उपत्यकामा ३२ मिलिमिटर, जिरीमा ३५, सोलुखुम्बुमा ५३ मिलिमिटर र सिन्धुपाल्चोकमा ३८ मिलिमिटर पानी परेको छ । काठमाण्डौ उपत्यकाका केही ठाउँमा अहिले बेलुका ठूलो पानी परेकाले उपत्यका भएर बग्ने नदी तथा खोलामा पनि पानीको बहाव बढेको छ ।

ग्राफ : बाढी पूर्वानुमान महाशाखा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]