२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

प्रदेश सरकारको सिफारिसमा इन्जिनियरिङ्गका ४२ जना छात्र – छात्रा पूर्ण छात्रावृति

Logo
प्रकाशित बुधबार, साउन २२, २०७६

जनकपुरधाम । प्रदेश नं. २का सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश लाइ श्रीकाकुलम स्थित आदित्य इन्स्टिच्युट औफ टेक्नोलॉजी एंड मैनेजमेंट ले ४२ जना छात्र–छात्रालाई पूर्ण छात्रवृति दिने भएको छ ।

इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश नं. २का ३० जना छात्रा तथा सहिद परिवार सम्मान कार्यक्रम अन्तर्गत १२ जना छात्र–छात्रालाई सिभिल, मेकानिकल, कम्प्युटर साइन्स, इन्फोेरमेशन टेक्नोलोजि, इलेट्रिकल, इलेक्ट्रोनिक र एम. वि. ए मा पूर्ण छात्रवृति दिने भएको हो ।

यस अन्तर्गत छात्रवृति पाउने छात्रछात्राहरुले छात्रावास र परीक्षा शुल्क आफैले बेहोर्नु पर्ने छ ।
कलेजका नामांकन प्रमुख राहुल चौधरीले यसका अतिरिक्त प्रदेश सरकारको सिफारिसमा थप ३६ जना छात्रछात्रालाई ५० प्रतिशत छात्रवृति प्रदान समेत गरिने बताएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]