२९ माघ २०८२, बिहिबार
12-02-2026 , Thu
×

राजविराजका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२९ असार । स्थानीय राज रंगशाला स्तरन्नोति कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजविराज नगरपालिकाका मेयर भीमराज यादवसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेके छ ।

आर्थिक बर्ष २०७४/०७५ मा भएको रंगशाला स्तरन्नोति कार्यमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मेयर यादवसहित सात जनाबिरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । यादवविरुद्ध मेयरको रुपमा नभई रंगशाला निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी न्यू गहिल कन्स्ट्रक्सनका सञ्चालकको रुपमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

लागि जिल्ला खेलकुद विकास समिति र न्यू गहिल कन्स्ट्रक्सनबीच सम्झौता भएको निर्माण कार्यमा यादवले निर्धारित शर्त तथा मापदण्ड विपरीत कार्य गरी वा त्यस्तो कार्यलाई गुणस्तरयुक्त, शर्त तथा मापदण्ड बमोजिम भएको हो भनी प्रमाणित वा स्वीकृत गराई २ लाख ६३ हजार ४ सय ६८ काम गरेको भन्दा बढी भुक्तानी लिएको देखिएको अख्तियारको भनाइ छ ।

न्यू गहिल कन्स्ट्रक्सन र सञ्चालक यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको भन्दै कन्स्ट्रक्सन र सञ्चालक यादवको हकमा २ लाख ६३ हजार ४६८ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) अनुसार कैद एवं जरिवाना र बिगो जफत गर्न माग गरिएको छ ।

न्यू गहिल कन्स्ट्रक्सनका संचालक यादव ३० वैशाखमा भएको पालिका निर्वाचनमा जनता समाजवादी पार्टीको तर्फबाट मेयरमा निर्वाचित भएका छन् ।

अख्तियारले रंगशालाको स्तरन्नोति काममा अनियमितता गरेको भन्दै उदय निर्माण सेवाका सञ्चालक उदय श्रेष्ठलाई १० लाख ६३ हजार ९६२, जिल्ला विकास समितितका तत्कालिन इन्जिनियर विकास श्रेष्ठविरुद्ध १३ लाख २७ हजार ४३०, जिल्ला खेलकुद विकास समिति, सप्तरीका तत्कालिन प्रमुख लक्ष्मण मण्डलबिरुद्ध ५ लाख ६९ हजार, ८१० बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यही मुद्दामा जिल्ला खेलकुद विकास समितिका तत्कालिन कार्यालय प्रमुख महेन्द्रप्रसाद यादवबिरुद्ध ७ लाख ५७ हजार ६२०, जिल्ला खेलकुद विकास समितिका तत्कालिन अध्यक्ष एजेट न्यासुरविरुद्ध १३ लाख २७ हजार ४३० र तत्कालिन उपाध्यक्ष धिरु बर्माविरुद्ध २ लाख बिगो कायम गरी मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

बर्माले २ लाख पेश्की लिएर फछ्र्याैट गर्न नसकेको अख्तियारले जनाएको छ । उनलाई पेश्की दिने तत्कालिन अध्यक्ष न्यासुर र तत्कालिन कार्यालय प्रमुखलक्ष्मण मण्डलबिरुद्ध पनि उक्त रकम बिगो कायम गरी असुल उपर गर्न माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]