२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

बागमती नदीमा डल्फिन भेटियो

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,२९ असार । माछा मार्ने क्रममा बागमती नदीको रौतहट खण्डमा डल्फिन भेटिएको छ ।

पिपरा भलोहिया गाउँका राजकुमार सहनी मल्लाहले माछा मार्ने क्रममा पिपरा घाटमा गत मंगलबार डल्फिन भेटाएका हुन् ।

‘माछा मार्न बागमतीमा जाल हान्न गएको थिएँ तर अनौठो खालको माछा जालमा पर्‍यो,’ सहनीले भने, ‘जालमा परेको माछा लिएर पिपरा बजारमा ल्याएपछि हेर्नेको घुँईचो लाग्यो ।’ करिब १२ केजीको उक्त माछालाई स्थानीय जनप्रतिनिधिले डल्फिन भएको बताएपछि आश्चर्यमा परेको उनले बताए ।

दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भू सिंहले बडहर्वा जाने क्रममा गत सोमबार नै बागमती नदीमा डल्फिन जस्तो माछाको एउटा ठूलो समूह नदीमा उफ्रिरहेको देखेको बताए।

उता, माछा विशेषज्ञ राधेश्याम झाले पनि सहनीले जालमा पारेको माछा डल्फिन नै भएको बताए । ‘अब पिपरा घाटलाई व्यवस्थित गरेर डल्फिन संरक्षणमा लाग्नु पर्छ, डल्फिनका बारेमा जनतालाई सूसचित गर्नुपर्छ,’ झाले भने । गंगा नदी हुँदै डल्फिन बाग्मती आएको हुनसक्ने उनको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]