१४ फाल्गुण २०८२, शुक्रबार
27-02-2026 , Fri
×

पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजीलाई कार्यालयमै रामधुलाई

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

न्युजमधेस डेस्क
असार २९ , जनकपुरधाम।
धनुषामा प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरिएको छ।

जिल्लाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीमाथि कार्यालयमै कुटपिट भएको छ।

गाउँपालिकाकै कर्मचारी र उपभोक्ता समितिका प्रतिनिधिले उनलाई सोमबार कार्यकक्षमै कुटपिट गरेका हुन्।

अभद्र गाली गरेपछि कार्यालयकै केही कर्मचारी र उपभोक्ता समितिका प्रतिनिधिले प्रशासकीय अधिकृत जोमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

ती कर्मचारीका अनुसार श्रम तथा रोजगार मन्त्रालयबाट आएको पत्रमा तोक लगाउन पुगेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत जोशीले गालीगलौज गर्दै हातपात गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा कार्यरत करारका कर्मचारीले उनलाई कुटेका हुन्। सम्पन्न योजनाको भुक्तानीको लागि आलटाल गरेको भन्दै उनलाई आज घेर्न पुगेका उपभोक्ता समितिका प्रतिनिधिले पनि सोही बेला उनलाई कुटपिट गरेका छन्।

‘कमिसन लिएर धेरै पार्टीहरुसँग प्रशासकीय अधिकृत सरले काम गराएका छन्। ती योजनाको कागजमा जबर्जस्ती कर्मचारीलाई सहीछाप गर्न दबाब दिइराखेका छन्। नियम विपरित उनको आदेश अनुसार काम गर्न नमान्ने कर्मचारीलाई गालीगलौज गर्ने, धाकधम्की दिने गर्नुहुन्थ्यो,’ कुटपिट देखेका एक प्रत्यक्षदर्शी कर्मचारीले भने, ‘रामजी सरले आज पनि त्यस्तै गालीगलौज गरेर हातपात गर्न थालेपछि कर्मचारीले प्रतिवाद गरेका थिए।’

कर्मचारीबीच कुटाकुट भएको खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए।

एक वर्षअघि बटेश्वरमा प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएका जोशी आठ लाख घुस काण्डमा मुछिएका यस अघिका निवर्तमान गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीसमेत प्रभावमा लिएर मोटो कमिसनको सेटिङमा रौतहटका एउटै निर्माण कम्पनीलाई एक दर्जन बढी योजना दिएको खुलासा भएको थियो।

बर्दिबासमा डेरा गरी बसेर उनले अघोषित कार्यालय संचालन गरेको र बिना कमिसन कुनै पनि काम नगर्ने जोशीमाथि स्थानीयको आरोप छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]