११ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
×

पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजीलाई कार्यालयमै रामधुलाई

Logo
प्रकाशित बुधबार, आषाढ २९, २०७९

न्युजमधेस डेस्क
असार २९ , जनकपुरधाम।
धनुषामा प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरिएको छ।

जिल्लाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीमाथि कार्यालयमै कुटपिट भएको छ।

गाउँपालिकाकै कर्मचारी र उपभोक्ता समितिका प्रतिनिधिले उनलाई सोमबार कार्यकक्षमै कुटपिट गरेका हुन्।

अभद्र गाली गरेपछि कार्यालयकै केही कर्मचारी र उपभोक्ता समितिका प्रतिनिधिले प्रशासकीय अधिकृत जोमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्।

ती कर्मचारीका अनुसार श्रम तथा रोजगार मन्त्रालयबाट आएको पत्रमा तोक लगाउन पुगेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत जोशीले गालीगलौज गर्दै हातपात गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा कार्यरत करारका कर्मचारीले उनलाई कुटेका हुन्। सम्पन्न योजनाको भुक्तानीको लागि आलटाल गरेको भन्दै उनलाई आज घेर्न पुगेका उपभोक्ता समितिका प्रतिनिधिले पनि सोही बेला उनलाई कुटपिट गरेका छन्।

‘कमिसन लिएर धेरै पार्टीहरुसँग प्रशासकीय अधिकृत सरले काम गराएका छन्। ती योजनाको कागजमा जबर्जस्ती कर्मचारीलाई सहीछाप गर्न दबाब दिइराखेका छन्। नियम विपरित उनको आदेश अनुसार काम गर्न नमान्ने कर्मचारीलाई गालीगलौज गर्ने, धाकधम्की दिने गर्नुहुन्थ्यो,’ कुटपिट देखेका एक प्रत्यक्षदर्शी कर्मचारीले भने, ‘रामजी सरले आज पनि त्यस्तै गालीगलौज गरेर हातपात गर्न थालेपछि कर्मचारीले प्रतिवाद गरेका थिए।’

कर्मचारीबीच कुटाकुट भएको खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए।

एक वर्षअघि बटेश्वरमा प्रशासकीय अधिकृतको जिम्मेवारीमा आएका जोशी आठ लाख घुस काण्डमा मुछिएका यस अघिका निवर्तमान गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीसमेत प्रभावमा लिएर मोटो कमिसनको सेटिङमा रौतहटका एउटै निर्माण कम्पनीलाई एक दर्जन बढी योजना दिएको खुलासा भएको थियो।

बर्दिबासमा डेरा गरी बसेर उनले अघोषित कार्यालय संचालन गरेको र बिना कमिसन कुनै पनि काम नगर्ने जोशीमाथि स्थानीयको आरोप छ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]