१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

लहान नगरपालिका: गरिब विपन्नलाई बाँडिरहेको जस्तापाता वितरणमा मेयर र उपमेयरबीच विवाद

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९

 

न्युजमधेस डेस्क
सिरहा,३०असार।
सिराहाको लहान नगरपालिकाले गरिब विपन्नलाई बाँडिरहेको जस्तापाता वितरणमा मेयर र उपमेयरबीचको विवाद बढेको छ। फायल नै नियन्त्रणमा लिएर मौखिक आदेशको आधारमा जस्तापाता वितरण गर्न खोजेको भन्दै मंगलबार दिउँसो उपमेयर महतो आफैँले जस्तापाता वितरण गर्न खोजेपछि विवाद बढेको हो।

नगर प्रवक्ता तथा लहान ६ का वडाध्यक्ष रमेश गौतमले उपमेयर महतोले आफूसमेत रहेको कार्यपालिकाको निर्णयविपरीत वितरण खोजेपछि विवाद बढेको बताए। जस्तापाता वितरणका लागि मेयर चौधरी र नगरका प्राविधिकहरूको टोलीले सेवाग्राहीको घरको नापनक्सासहित लागत अनुमान गरी नगरको १२, १३, १४ र २४ नं. वडामा नामावली संकलनपछि छनाेट गरेर सम्बन्धित वडा कार्यालयको सिफारिसको आधारमा वितरण गरिएको प्रवक्ता गौतमले बताए।

‘त्यसकै आधारमा करिब एक महिनादेखि बाँडिदै आएको हो,’ उनले भने, ‘तर उपमेयर जस्तो व्यक्तिले कुनै सल्लाह नै नगरी सेवाग्राहीको निवेदन, वडा कार्यालयको सिफारिस रहेको फायल नियन्त्रणमा लिएर जबर्जस्ती वितरण गर्न खोज्नु राम्रो होइन ।’

मेयर चौधरीले सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधिले तोकेबमोजिम वास्तविक सेवाग्राहीलाई मात्र वितरण गरिएको बताए। ‘उपमेयर चौधरीले जिन्सी शाखाबाट वितरणसम्बन्धी फायल नियन्त्रणमा लिएर मौखिक आधारमा वितरण गर्न खोज्नु कार्यविधिविपरीत हो,’ उनले भने, ‘अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा खरिद भएको जस्तापाता आफूहरू निर्वाचित भएपछि स्थलगत अध्ययनको आधारमा वडा कार्यालयको समेत सिफारिसअनुसार वितरण गर्दै छौँ।’

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]