१९ साउन २०८२, सोमबार
04-08-2025 , Mon
×

लहान नगरपालिका: गरिब विपन्नलाई बाँडिरहेको जस्तापाता वितरणमा मेयर र उपमेयरबीच विवाद

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९

 

न्युजमधेस डेस्क
सिरहा,३०असार।
सिराहाको लहान नगरपालिकाले गरिब विपन्नलाई बाँडिरहेको जस्तापाता वितरणमा मेयर र उपमेयरबीचको विवाद बढेको छ। फायल नै नियन्त्रणमा लिएर मौखिक आदेशको आधारमा जस्तापाता वितरण गर्न खोजेको भन्दै मंगलबार दिउँसो उपमेयर महतो आफैँले जस्तापाता वितरण गर्न खोजेपछि विवाद बढेको हो।

नगर प्रवक्ता तथा लहान ६ का वडाध्यक्ष रमेश गौतमले उपमेयर महतोले आफूसमेत रहेको कार्यपालिकाको निर्णयविपरीत वितरण खोजेपछि विवाद बढेको बताए। जस्तापाता वितरणका लागि मेयर चौधरी र नगरका प्राविधिकहरूको टोलीले सेवाग्राहीको घरको नापनक्सासहित लागत अनुमान गरी नगरको १२, १३, १४ र २४ नं. वडामा नामावली संकलनपछि छनाेट गरेर सम्बन्धित वडा कार्यालयको सिफारिसको आधारमा वितरण गरिएको प्रवक्ता गौतमले बताए।

‘त्यसकै आधारमा करिब एक महिनादेखि बाँडिदै आएको हो,’ उनले भने, ‘तर उपमेयर जस्तो व्यक्तिले कुनै सल्लाह नै नगरी सेवाग्राहीको निवेदन, वडा कार्यालयको सिफारिस रहेको फायल नियन्त्रणमा लिएर जबर्जस्ती वितरण गर्न खोज्नु राम्रो होइन ।’

मेयर चौधरीले सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधिले तोकेबमोजिम वास्तविक सेवाग्राहीलाई मात्र वितरण गरिएको बताए। ‘उपमेयर चौधरीले जिन्सी शाखाबाट वितरणसम्बन्धी फायल नियन्त्रणमा लिएर मौखिक आधारमा वितरण गर्न खोज्नु कार्यविधिविपरीत हो,’ उनले भने, ‘अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा खरिद भएको जस्तापाता आफूहरू निर्वाचित भएपछि स्थलगत अध्ययनको आधारमा वडा कार्यालयको समेत सिफारिसअनुसार वितरण गर्दै छौँ।’

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]