२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

तरकारी किन्न गएका साहको शव किनारामा ढलेको अवस्थामा फेला

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९

न्युजमधेस डेस्क
सिरहा,३० असार। मधेस प्रदेश जिल्लाको सिरहामा तरकारी किन्न गएका युवकको शव फेला परेका छन्।

जिल्लाको मिर्चैया नगरपालिकामा एक युवकको शव फेला परेको छ। मिर्चैया नपा ९ घुर्मिचौकदेखि सय मिटर उत्तर सडक किनारमा मिर्चैया नपा ९ ढोढ्ना फत्तेपुरका २९ वर्षिय जीवन साहको शव भेटिएको हो।

हिजो अपरान्ह घरबाट प्र. २–०१–००३ प ३२४८ नम्वरको मोटरसाइकलमा तरकारी किन्न मिर्चैया बजार हिडेका साहको शव आज विहान स्थानियले सडक छेउमा देखेपछि प्रहरीलाई खवर गरेको थिए। उनी चढेको मोटरसाईल सडको अर्को किनारामा ढलेको अवस्थामा भेटिएको छ।

जानकारी पाउनासाथ तत्काल पुगेका प्रहरीले मोटरसाइकल अनियन्त्रीत भएर लडेको हुनसक्ने अनुमान गरेपनि घटना सङ्कास्पद रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिवहादुर ओलीले जानकारी दिए।

उनले तत्काल घटनाको प्रकृति हेर्दा मोटरसाइकल अनियन्त्रीत भएर दुर्घटना भएको जस्तो देखिएपनि आशङ्का गर्ने ठाउँ रहेको जनाए। उनले घटनाबारे थप अनुसन्धान भईरहेको जनाए।

घरबाट हिजै निस्केकाभएपनि गाउँबाट जन्ती जाने भएकाले जन्ति गएको हुन सक्ने भन्दै घरपरिवारले खोजी नगरेको बताएको छ। उनीहरुले विहान प्रहरीले खवर गरेपछिमात्र घटनाबरे जानकारी पाएको जनाए।

उनको मोटरसाइकलमा तरकारी सहितको झोला समेत भेटिएको छ। त्यसैले उनी तरकारी किनेर घर फर्किने क्रममा नै घटना भएको अनुमान गरिएको छ। प्रहरीले पनि राती नै घटनाभएको हुन सक्ने बताए।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौं। युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले सर्लाही हरिपुर नगरपालिका–२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न […]