२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत कोइराला घुससहित पक्राउ

Logo
प्रकाशित बिहिबार, साउन २३, २०७६

काठमाडौ । पौने सात लाख घुससहित पूर्वाञ्चल विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गिरीराज कोइरालालाई अख्तियारले नियन्त्रणमा लिएको छ।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलबाट कोइरालालाई नियन्त्रणमा लिएको छ।

काठमाडौंको जोरपाटीस्थित स्तूपा कलेजका विद्यार्थीहरूको समस्या समाधान गरिदिने भन्दै कोइरालाले उक्त रकम घुस मागेका थिए ।

विशेष सूचनाका आधारमा अख्तियारको टोलीले कोइरालालाई नियन्त्रणमा लिएको हो। उनीमाथि थप अुनसन्धान भइरहेको अख्तियारले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले आज धनुषाको औरही आइरहेको छ। अध्यक्ष डा.राउतले धनुषाको औरही गाउँपालिका-५ स्थित चक्कर जाने बाटोमा जनमत पार्टी धनुषाले आयोजना गरेको पार्टी प्रवेश तथा जनसभालाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीमा केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डलले जानकारी दिए । महिला नेतृ मण्डलकी अनुसार आज शुक्रबार २ बजेबाट पार्टी प्रवेश […]

राजविराज । सप्तरीको चिम्टीका अग्निपिडितलाई बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम सहयोग गर्ने भएका छन्। बलान–बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले मानवीय संकटमा मलम लगाउन एक दिनको तलब दिने निर्णय गरेको बताए। यादवले चिम्टीका आगलागीपीडितका लागि जे–जति सकिन्छ, जस्तो सकिन्छ सहयोग गरेर पठाउन सप्तरीका क्रियाशील संघसंस्थाहरूसँग आग्रहसमेत गरेका छन्। जनप्रतिनिधि र कर्मचारीहरू गरी […]