२९ पुष २०८२, बुधबार
14-01-2026 , Wed
×

सप्तरीमा सडक दुर्घटनामा पैदल यात्री मेहताको मृत्य

Logo
प्रकाशित बिहिबार, आषाढ ३०, २०७९

न्यूजमधेश डेस्क
सप्तरी,३० असार । रुपनी गाउपालिका ६ विरेन्द्र बजार सप्तरीमा बुधबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्युु हुनेमा सोहि ठाउँका पैदल यात्री ५५ वर्षीय दिपनारायण मेहता रहेका छन्।

पूर्व पश्चिम राजमार्गमा पश्विमबाट पूर्वतर्फ आउँदै गरेको स ४ प १३३४ नंको मोटरसाईकलले ठक्कर दिएपछि ठक्करबाट गम्भीर घाइते भएका मेहतालाई उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिएका छन्।

चालक र मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]