०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम, ३१ असार।
ब्लड क्यान्सरबाट पीडित सबैलाको इनर्वा टोलका निवासी जिवछ मंडलको ६ वर्षिय छोरा अभिजित मंडलको उपचारका लागि आर्थिक सहयोग जुटेको छ।


सबैला नगरपालिका वार्ड नं.९ स्थित रहेको भठिहन टोलका युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा गएका, उनिहरुद्वारा समाजमा रहेका दिन,दुखी,असहाय धार्मिक कामहरुलाई समिति गठन गरेर करिब ६ सालदेखि सहयोग गर्दै आइरहेको छन्।
भठिहन समाज कल्याण सेवा समितिले ब्लड क्यान्सरबाट पीडितलाई आर्थिक सहयोग जुटाएर दिएका हुन्।

६ वर्षिय छोरा मंडलको बिगत ८ महिनादेखि कान्ति बाल अस्पताल काठमाडौमा ब्लड क्यान्सरको उपचार जारी छ। आफुसंग भएको चल-अचल सम्पुर्ण सर-सम्पत्ति अहिलेसम्म छोराको उपचारमा लगाइसकेका छन र अगाडि उपचार गराउनका लागि आर्थिक समस्या भएको हुँदा उक्त समाज कल्याण सेवा समितिद्वारा रु. १५,००० (पन्द्र हजार मात्र) आर्थिक सहयोग गरिएको समितिले जनाएको छ।

एक हप्ता अगाडी विरामी बाबुको आमाले हेल्प मधेसी संस्थाका केन्द्रिय सचीव रामउद्गार यादवलाई  फोन मार्फत काठमाडौमा ८ महिनादेखि डेरा गरेर बस्दै आएको घर मालिकले भाडाको लागि अति नै ताकेता गरेको र आफु घर भडा तिर्न असमर्थ भएको छु भन्दै थियो। त्यसैले सचीव यादवको फेसबूक वालबाट सहयोग गरिदिनका लागि अपिल गरेका  थिए। यादवले अपिललाई स्वीकार गर्दै बिहीबार भठिहन समाज कल्याण सेवा समितिका सेवक साथीहरु पिडितको घरमै पुगि बिरामि बाबुको आमा अमृति मण्डललाई सहयोग रकम रु-१५,०००/ हस्तान्तरण गरेको थिए।

बिरामी बाबुको आमाले सम्पुर्ण संघ-संस्था संग छोराको उपचारमा अलि-अलि सहयोग जुटाइन दिनका लागि हार्दिक अनुरोध गरिएको छ।
३ महिना अगाडि हेल्प मधेसी संस्था मलेसियाद्वारा निज बिरामी बाबु अभिजितको उपचारमा रु-२१,०००/- अक्षरेपि (एकाईस हजार मात्र) आर्थिक सहयोग गरिएको थिए।

    बाबुको उपचारमा सहयोग गर्न चाहनुहुने संस्था वा, व्यक्तिगत तल दिएको बैंक खाता सिधा सहयोग गर्दा हुनेछ।

खाता नं-1030100000028045
खातावाहकको नाम-ब्रहमदेव मंडल
सिटिजन बैंक धनुषाधाम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]