२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

बागमतीमा हराएको शव फेला, गाउँपालिका पुरै शोकमग्न

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,३१असार।

बिहीबार बागमती नदिमा पौडी खेल्ने क्रममा वेपत्ता भएका २ बालकहरू शव फेला परेको छ। बिहीबार बिहान विद्यालय जाने क्रममा ६ जना बालकहरू दुर्गा भगवती गाउँपालिकामा रहेको बागमतीमा पौडी खेल्न ग‌एकाको २ जना नदीमा डुबेर हराइरहेका थिए ।

लामो समयसम्म बालकहरू घर नफर्किएपछि अभिभावक र स्थानीयले खोजतलास गर्दा बागमती नदीको किनारमा उनीहरुले प्रयोग गरेका लुगा, साइकल , पाठ्यपुस्तक, चप्पल लगायतका सामाग्रीहरु फेला परेपछि सुरक्षाकर्मीको सहयोगमा बागमती नदीमा खोजतलास सुरु गरेको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले जानकारी दिए ।

अध्यक्ष सिंहका अनुसार साथीहरु नदीमा हराएका डराएर लुकेर बसेका ६ जनामध्ये ४ जना दुई घण्टापछि अभिभावकको सम्पर्कमा आएका थिए भने हराएका २ जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले बिहीबार राति अबेरसम्म खोजतलास गर्दा केही नभेटिए पछि शुक्रबार बिहानैदेखि खोजतलास गरिएको थियो । सोही क्रममा शुक्रबार बिहान हराइरहेका २ जनाको बालकको शव फेला परेको हो ।

ज्ञानोदय ईगलिश बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका १३ वर्षीय हर्ष झा र वडा नम्बर २ भलोहियाका १३ वर्षिय आदित्य दासको शव फेला परेको अध्यक्ष सिंहले जानकारी दिए ।

घटनास्थलमै रहेका दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष डिके झाका अनुसार हराइरहेका बालकहरूको शव हराएको स्थानबाट करिब ३ किलोमिटर टाढा बेग्लाबेग्लै स्थानमा फेला परेको थियो। एकजना शव मत्सरी र एकजनाको वडर्वामा फेला परेको हो । २ बालकहरूको मृत्यु पछि दुर्गा भगवती गाउँपालिका पुरै शोकमग्न भएको उनले बताए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]