०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

नागरिकलाई नागरिकताको प्रमाण–पत्रबाट बञ्चित नगराउने प्रतिबद्धता

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९

न्युजमधेस डेस्क
काठमाडौ, ३१असार।
गृहमन्त्री बालकृष्ण खाँणले नेपाली नागरिकलाई नागरिकताको प्रमाण–पत्रबाट बञ्चित नगराउने प्रतिबद्धता जनाएका छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रश्ताव माथिको छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री खाँणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट वञ्चित नगराउने बताएका हुन् ।

उनले संविधानले व्यवस्था गरेको नागरिकतासँग सम्बन्धित प्रावधानहरुको आधारशिलामा उभिएर नागरिकता सम्बन्धी विधेयक बनाइएको बताए । गृहमन्त्री खाँणले संविधान परिवर्तनीय रहेको भन्दै राजनीतिक दलहरुको सहमतिका आधारमा परिष्कृत गर्दै समयानुकुल बनाउन सकिने बताए ।

उनले भने, ‘नेपाली नागरिकले नै नेपालको नागरिकताको प्रमाणपत्र पाउने हो । कुनैपनि नेपाली नागरिक नागरिकताको अधिकारबाट वञ्चित नहोस् । त्यही नै हाम्रो प्रतिबद्धता हो । त्यसक्रममा नै यो विधेयकलाई अगाडि बढाइएको छ । विधेयकलाई अगाडि बढाउने क्रममा संविधान हाम्रो मुल आधारशीला हो । कुनैपनि मुलुकको संविधान त्यो मुलुकको धर्मग्रन्थ जस्तो अपरिवर्तनीय हुँदैन । हाम्रो संविधान पनि परिवर्तनीय छ । त्यसका आफ्ना प्रक्रियाहरु छन् । पद्धतीहरु छन् ।’

उनले फेरि भने, ‘यदि हाम्रो बीचमा सहमति भयो भने आवश्यक बोध भयो भने, समय आयो भने संविधान पनि परिष्कृत हुँदै जान्छ । हामीले संविधान जारी गरिसकेपछि संविधानका कतिपय प्रावधानहरुलाई हामीले परिष्कृत गरेकै छौँ । संविधानका विभिन्न प्रावधानहरुलाई समयानुकुल बनाउन सकिन्छ । तर त्यो प्रक्रियालाई हामीले पार गर्नुपर्छ । पूरा गर्नुपर्दछ । तर जबसम्म संविधानमा जे प्रावधान छन्, जस्तो व्यवस्था छ, त्यो व्यवस्थाको आधारसिलामा उभिएर नै विधेयक ल्याउनुपर्ने हुन्छ । त्यो आधारसिलामा उभिएर नै ऐन बनाउनुपर्ने हुन्छ ।’

उनले थपे, ‘अहिलेको संविधानको भाग २ को नागरिकतासँग सम्बन्धित प्रावधानहरुको आधारसिलामा उभिएरै यो विधेयक बनाइएको हो । त्यसकारणले हामीले विधेयक बनाउँदा संविधानका आधारभुत प्रावधानहरुलाई ध्यानमा राखेर गराउनुपर्दछ । अहिलेको सरकारले यो जस लिन ल्याएको पनि होइन । हामी दोषारोपणबाट र जस–अपजसबाट पनि माथि उठौँ । यो हामी सबैको राष्ट्रिय दायित्व हो । सबै नेपाली नागरिकले नागरिकता प्राप्त गरुन् । यो हामी सबैको साझा संकल्प हो । हामी सबैले यो संकल्प पूरा गर्नका लागि नै अगाडी बढ्नुपर्दछ ।’

त्यस्तै गृहमन्त्री खाँणले सरकारले जस लिनका लागि नागरिकता सम्बन्धी विधेयक नल्याएको स्पष्ट पार्नुभयो । उहाँले दोषारोपण र जस–अपजसबाट माथि उठ्न आग्रह समेत गरे । उनले सबै नेपाली नागरिकलाई नागरिकता प्राप्त गराउनु साझा संकल्प भएको बताए ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]