२९ चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

सप्तरीमा कृषिमन्त्री सिंहलाई १०१ किलोको मालाले स्वागत

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९

न्यूजमधेश डेस्क
सप्तरी ,३१ असार। कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंहलाई गृहनगर सप्तरीको बोदेबर्साइन नगरपालिकामा १ सय १ किलोको मालाले स्वागत गरिएको छ ।

मन्त्री भएपछि पहिलो पटक गृहनगर आएका मन्त्री यादवलाई आफ्नै भतिजा रहेका बोदे बर्साइन नगरपालिकाका मेयर आतेश सिंह यादवसहितले १ सय १ किलोको फूलको माला लगाइदिएर स्वागत गरेका हुन् ।

बोदे बर्साइन नगरपालिकाले आयोजना गरेको कार्यक्रममा उनका भतिजा मेयर सिंहसहित भाइ एवं पार्टीका नेता अनिरुद्ध सिंह यादवसहितले मन्त्रीलाई सम्मान गरेका छन् । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारीले छुट्टाछुट्टै रुपमा पनि मन्त्री यादवलाई माला लगाएर स्वागत गरेका छन् ।

यसअघि मन्त्री यादवलाई सिरहाको लहानदेखि बोदे बर्साइनसम्म ल्याउनका लागि २ सयभन्दा बढी मोटरसाइकल र ५० भन्दा बढी चार चक्के गाडीको प्रयोग गरिएको छ । यो स्वागत गर्नका लागि नगरपालिकाबाटै व्यवस्था मिलाइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]