२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

त्रिशूली नदिमा बस खस्दा ९ जनाको मृत्यु

Logo
प्रकाशित शुक्रबार, साउन २४, २०७६

धादिङ।धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाट स्थित त्रिशूली नदीमा शुक्रबार बस खस्दा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ।

दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।त्यस्तै दुर्घटनामा परि २० जना बेपत्ता भएको छ।
धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार मृत्यु भएमा सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै पहिचान खुलेको बताए । उहाँका अनुसार ३ जनाको घटनास्थमै ज्यान गएको हो । यस्तै, दुई जनाको चितवनमा, दुई जनाको तनहुँमा, एक-एक जनाको गोरखा र पूर्वी नवलपरासीमा शव भेटिएको हो ।

दुर्घटनामा १६ जनाको उद्धार गरिएको छ । रात परेकाले हराएका २० जनाको अब शनिबार बिहानदेखि मात्रै खोजी थालिने भएको छ । खोजीका लागि सबै निकायसँग समन्यव भइरहेको उहाँले बताउनुभयो ।

सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस बिहान सलाङघाटबाट त्रिशूली नदीमा खसेको हो । हराइरहेकाहरुको खोजीका लागि तनहुँ, गोरखा, चितवन र नवलपरासी प्रहरीसँग समन्वय भइरहेको धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।

दुर्घटनामा परि घाइते भएकामध्ये ७ जना गजुरी अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । त्यस्तै १० जना घाइतेकाे काठमाण्डाैमा रहेकाे ट्रमा सेन्टरमा उपचार भैरहेकाे छ ।-टुडेपातिको सहयोगमा

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]