०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

बजारमा खानेतेलको भाउ घटेको भने पनि महँगोमा किन्नुपरेको उपभोक्ताले गुनासो

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,३२असार।
बजारमा खानेतेलको भाउ घटेको भने पनि महँगोमा किन्नुपरेको उपभोक्ताले गुनासो गरेका छन् । उद्योगीका अनुसार बजारमा पछिल्लो हप्ता खानेतेलको प्रकृति अनुसार (तोरी, सनफ्लावर र भटमास) लिटरमा ४० देखि ७० रुपैयाँसम्म घटेको छ ।

भाउ अहिलेसम्मकै उच्च हुँदा यसअघि उपभोक्ताले भटमास तेलमा प्रतिकार्टुन ३ हजार २ सय रुपैयाँसम्ममा खरिद गर्नुपरेको थियो । तर अहिले बजारमा भटमासको तेल कार्टुनमा ७ सय रुपैयाँसम्म घटेको उद्योगीको भनाइ छ । त्यस्तै सूर्यमुखी तेल अहिले प्रतिकार्टुन २ हजार ६ सय रुपैयाँमा झरेको छ । यसअघि प्रतिलिटर ३ सय २० रुपैयाँ पर्ने तेल अहिले २ सय ५० देखि ६० रुपैयाँमा पाइने उद्योगीको भनाइ छ । तोरीको तेल पनि केही सस्तो भएको छ ।

तर उद्योगीले भाउ सस्तो भएको भने पनि उपभोक्ताले घटेको मूल्यमा तेल किन्न नपाएको गुनासो गरेका छन् । उद्योगीले खुद्रा मूल्य घटाएको भए पनि त्यो तेल बजारसम्म आइनपुगेकाले घटेकै मूल्यमा उपभोक्ताले तेल किन्न नपाएको नेपाल खुद्रा व्यापार सङ्घले जनाएको छ ।

उद्योगीले भाउ घटाएको भने पनि नयाँ मूल्यसहितको तेल अहिलेसम्म बजारमा छ्यापछ्याप्ती नआएको सङ्घका महासचिव आमुलकाजी तुलाधरले बताउनुभयो । नयाँ मूल्य निर्धारण गरी बजारसम्म आइपुगेको तेललाई व्यापारीले घटेकै मूल्यमा सुरु गरेका उहाँको दाबी छ ।

सबैतिरका बजारमा समान रुपले घटेकै मूल्यमा बिक्री गर्न अझै एक हप्तासम्म लाग्ने महासचिव तुलाधरले जानकारी दिनुभयो । नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अनुसार खाने तेलको बिक्री कम भएर मौज्दात हुन थालेपछि उद्योगीले मूल्य घटाएका हुन् ।

त्यस्तै अन्तर्राष्ट्रिय बजारमा खाने तेलको कच्चा पदार्थको मूल्य घटेकाले पनि अहिले बजारमा तेलको मूल्य केही घटेर आएको हो । अझै तेलको मूल्य केही घट्न सक्ने देखिएको नेपाल सङ्घले जनाएको छ ।

सरकारले यसअघि नै खानेतेलको मूल्य घटाउन उद्योगीलाई निर्देशन दिएको थियो । खानेतेलको मूल्य घटाउन तेल उद्योगीलाई निर्देशन दिएपछि केही मात्रामा मूल्य घटेको बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जनाएको छ ।

सरकार र उद्योगीले तेल केही सस्तिएको भने पनि आम उपभोक्ताले अझै पनि घटेको मूल्यमा नपाएको गुनासो गर्दै आएका छन् । व्यापारीले पुरानो स्टक तेल बिक्री गर्नुपर्दा भाउ महँगो नै भएको बताउने गरेका उपभोक्ताको भनाइ छ ।

गएको फेब्रुअरी अन्तिममा रुस–युक्रेनबीच युद्ध सुरु भएपछि यही बहानामा कम्पनीहरुले तेलको मूल्य अत्यधिक बढाएका थिए । त्यतिबेला उद्योगीहरुले कच्चा पदार्थ रोकिएको भन्दै खानेतेलको मूल्य बढाउँदा अहिलेसम्मकै उच्च भएको थियो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]