०१ जेठ २०८१, मंगलबार
14-05-2024 , Tue
×

गएराती आएको भीषण हावाहुरीले दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनामा क्षति

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,३२असार।
गएराती आएको भीषण हावाहुरीले एक दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनामा क्षति पुर्याएकाे छ।
डोटीको बोगटान फुड्सिल गाउँपालिकामा हिजाे बेलुका आएको हावाहुरीले धेरै घरमा क्षति पुगेको बोगटान फुड्सिल गाउँपालिका–७ का वडाअध्यक्ष चन्द्रमान सुनारले जानकारी दिनुभयो।

हावाहुरीले घरको सिलेट खस्दा बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारा दाच्का बस्ने हिमाल कुडमालका तीन वर्षीय छोरा विजय कुडमाल गम्भीर घाइते भएका छन् । घरको आगनमा खेलिरहेका उनको टाउकोमा सिलेट खसेकाे थियाे।

घाइते विजयको चवरा चौतारा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । टाउँकोमा दुई ओटा घाउ लागेकाले एउटामा ३ र एउटामा एक गरेर ४ वटा टाका लगाइएको स्वास्थ्य चौकी प्रमुख प्रकाश विकले जानकारी दिनुभयो।

हावाहुरीकै कारण सबैभन्दा बढी चवराचौतारामा रहेका थुप्रै निजी तथा सार्वजनिक संरचनामा क्षति पुगेको बताइएको छ। यसैगरी रुख विद्युतका तारमा खस्दा र पोल ढलेका कारण वडा-७ मा विद्युत् अवरुद्ध भएकाे प्रहरी चौकी चमराचौताराले जनाएको छ । यसैगरी वडा नं ७ उमुडीका ४ घर चर्केर जोखिममा रहेका छन् ।

हावाहुरीले दर्जनौँ घरका छाना उडाएको र चवराचौतारा बजार क्षेत्रमा जडान गरिएका सौर्यबत्तीमा समेत क्षति पुर्याएको स्थानीयवासी उपेन्द्र धामीले बताउनुभयो । हावाहुरीकै कारण पीपलको रुख भाँचिदा चनुकाँडा आधारभूत विद्यालयको संरचनामा क्षति पुगेको छ ।

भान्सा कोठा, चार वटा शाैचालय र ३ कोठे विद्यालय भवनमा क्षति पुगेको स्थानीयवासी रबहादुर बमले जानकारी दिनुभयो।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि बजारमा आएको छ । लेखक परमानन्द भट्टद्वारा लिखित पुस्तकमा सङ्घर्षको सुरुआत र साङ्गठनिक नेतृत्व, नेकपा (एमाले) को अल्पमतको सरकार, विचार र सङ्गठनमा शुद्धीकरण र सुदृढीकरण अभियान, शान्ति प्रक्रिया र गणतन्त्र, नैतिक जिम्मेवारी बोध र पदत्याग, माधव नेपालको आवश्यकता बोध लगायतका विषय समावेश गरिएका छन् । […]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]

काठमाडाैं । मधेश प्रदेश सरकारका पूर्व गृहमन्त्री मोहम्मद समिम सोमबार गृह मन्त्रालय पुगेर मन्त्रीकै कुर्सीमा बसी कर्मचारीलाई निर्देशन समेत दिएको पाइएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयमा सोमबार झन्डै २ घण्टा जति बसेका उनी मन्त्रीको कार्यकक्षमा छिरेर मन्त्री बस्ने कुर्सीमै बसेको एक कर्मचारीले बताए । आफू फेरि मन्त्री बनेर आउन लागेको भन्दै उनले करारका […]