१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

एउटा कारले ६ वटा गाडीलाई ठक्कर, चालक पक्राउ

Logo
प्रकाशित शनिबार, आषाढ ३२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,३२असार।
एउटा कारले ६ वटा गाडीलाई ठक्कर दिएको छ ।
पोखरामा गएराति उक्त घटना भएको जनाए। झापा घर भएका विनायक वलीले चलाएकाे कारले गएराति ६ वटा गाडीलाई ठक्कर दिएकाे हाे ।

लेकसाइडको हलनचोकबाट बाराही चोक जाँदै गरेकाे बा १२ च ६३३९ नम्बरकाे कारले एउटा ट्याक्सी, दुई वटा मोटरसाइकल र तीन वटा स्कुटरलाई ठक्कर दिएको थियो ।

कारले पार्किङमा रहेको ग १ ज ३८४३ नम्बरको ट्याक्सी, ग २१ प ७३८० स्कुटर, ग २० प ७१६१ नम्बरको स्कुटर, ग ९ प ७३८० नम्बरका मोटरसाइकल, ग ९ प ५०६ नम्बरको स्कुटर, ग ११ प ६७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट कतिपय मोटरसाइकल र स्कुटरमा पूर्णरुपमा क्षति पुगेकाे कास्कीका प्रहरी निमित्त प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे। उहाँले घटनाको बारेमा थप अनुसन्धान भइरहेकाे तथा कार चालक वली र कारलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयाे ।

कार गाडीलाई ठक्कर दिएर भागेको थियाे ।  लेकसाइडमै रहेको सीआईबीकाे टोलीले कार र चालक वलीलाई नियन्त्रणमा लिएकाे हाे । रातिको समय सडकमा मानिसहरु कम भएका कारण ठूलो क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएकाे छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]