१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

मेची–महाकाली विद्युतीय रेल मार्गमा पुल निर्माणको काम तीब्र गतिमा

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम, श्रावण १ गते आइतबार।

राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेल मार्गमा पुल निर्माणको कामले गति लिएको छ । रेल मार्गअन्तर्गत महोत्तरीको बर्दिबासदेखि सर्लाही, रौतहट हुँदै बाराको चोचासम्म अर्थात् बर्दिबास–चोचा खण्डमा रेल मार्गसँगै पुल निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको हो । बर्दिबास–चोचा खण्डको ७० किलोमिटरमा साना–ठूूला गरी करिब दुई दर्जन पुल निर्माण भइरहेको रेल योजना कार्यालय लालबन्दीका इन्जिनियर सुरेशप्रसाद साहले जानकारी दिनुभयो ।

तीमध्ये सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा सबैभन्दा लामो ७३५ मिटर लम्बाइ भएको पुल निर्माण भइरहेको छ । पूर्व–पश्चिम राजमार्गबाट अढाई किलोमिटर दक्षिणमा निर्माणाधीन ताल नजिकै बागमती नदीमा बनिरहेको सो पुलमा २१ वटा पिलर र साढे चार मिटरको स्पान रहेको इन्जिनियर साहले बताउनुभयो । उहाँका अनुसार एक अर्ब २० करोड रुपियाँमा ठेक्का लागेको पुलको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम गर्न निर्माण कम्पनी रसुवा कन्ट्रक्सनसँग एक वर्ष सम्झौताको म्याद थप भएको साहले जानकारी दिनुभयो ।

“निर्धारित समयमा पुल निर्माण कार्य सम्पन्न नहुने भएपछि भर्खरै एक वर्ष म्याद थप भएको छ, थपिएको एक वर्षभित्र बाँकी २५ प्रतिशत काम पूरा हुन्छ भन्नेमा हामी विश्वस्त छौँ,” इन्जिनियर साहले भन्नुभयो । कोरोना भाइरसको सङ्क्रमणले गर्दा पुल निर्माणको काम बेलैमा पूरा हुन नसकेको निर्माण कम्पनीले जनाएको छ ।

रेल योजना कार्यालय लालबन्दीका अर्का इन्जिनियर एवम् सूचना अधिकारी बोध भण्डारीले अन्य क्षेत्रमा भन्दा बर्दिबास–चोचा खण्डको काम तीव्र रूपमा अघि बढिरहेको दाबी गर्नुभयो । उहाँले तत्काल कतैपनि काममा विवाद नरहेको समेत बताउनुभयो ।

भण्डारीका अनुसार बर्दिबास–चोचा खण्डमा मुआब्जा वितरणको काम सकेर रेल्वे ट्रयाक बेल्ट निर्माणको काम पनि सँगसँगै अघि बढिरहेको छ । ७० किलोमिटरमध्ये ५० किलोमिटर रेल्वे ट्रयाक बेल्ट निर्माण पूरा भइसकेको रेल योजना कार्यालय लालबन्दीले जनाएको छ । बर्दिबासदेखि सर्लाहीको फूलजोरसम्म रेल मार्गको ट्रयाक बेल्ट बनिसकेको र त्यहाँबाट अहिले सवारीसाधन गुडिरहेको इन्जिनियर भण्डारीले बताउनुभयो ।

“पुल निर्माणसँगै रेल मार्गको ट्रयाक बेल्ट निर्माण भइरहेको छ, बर्दिबासदेखि फूलजोरसम्म त्यो काम पूरा भइसक्यो, अब बाँकी क्षेत्रमा पनि ट्रयाक बेल्ट निर्माणको कामले गति लिन्छ,” इन्जिनियर तथा सूचना अधिकारी भण्डारीले भन्नुभयो, “अब बागमती नदीबाट रौतहटको चाँदे नदीसम्म मात्रै रेल्वे ट्रयाक बेल्ट बन्न बाँकी छ ।” रेल मार्गको बर्दिबास–चोचा खण्डमा पर्ने सागरनाथ वन विकास परियोजना क्षेत्रभित्र परेका ११ हजार १२३ वटा रुख बिरुवा काट्न सरकारले अनुमति दिएपछि रेलमार्ग निर्माणको कामले थप गति लिएको हो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]