०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मेची–महाकाली विद्युतीय रेल मार्गमा पुल निर्माणको काम तीब्र गतिमा

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम, श्रावण १ गते आइतबार।

राष्ट्रिय गौरवको आयोजना मेची–महाकाली विद्युतीय रेल मार्गमा पुल निर्माणको कामले गति लिएको छ । रेल मार्गअन्तर्गत महोत्तरीको बर्दिबासदेखि सर्लाही, रौतहट हुँदै बाराको चोचासम्म अर्थात् बर्दिबास–चोचा खण्डमा रेल मार्गसँगै पुल निर्माणको काम तीव्र रूपमा अघि बढिरहेको हो । बर्दिबास–चोचा खण्डको ७० किलोमिटरमा साना–ठूूला गरी करिब दुई दर्जन पुल निर्माण भइरहेको रेल योजना कार्यालय लालबन्दीका इन्जिनियर सुरेशप्रसाद साहले जानकारी दिनुभयो ।

तीमध्ये सर्लाही र रौतहटको सीमा भएर बग्ने बागमती नदीमा सबैभन्दा लामो ७३५ मिटर लम्बाइ भएको पुल निर्माण भइरहेको छ । पूर्व–पश्चिम राजमार्गबाट अढाई किलोमिटर दक्षिणमा निर्माणाधीन ताल नजिकै बागमती नदीमा बनिरहेको सो पुलमा २१ वटा पिलर र साढे चार मिटरको स्पान रहेको इन्जिनियर साहले बताउनुभयो । उहाँका अनुसार एक अर्ब २० करोड रुपियाँमा ठेक्का लागेको पुलको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम गर्न निर्माण कम्पनी रसुवा कन्ट्रक्सनसँग एक वर्ष सम्झौताको म्याद थप भएको साहले जानकारी दिनुभयो ।

“निर्धारित समयमा पुल निर्माण कार्य सम्पन्न नहुने भएपछि भर्खरै एक वर्ष म्याद थप भएको छ, थपिएको एक वर्षभित्र बाँकी २५ प्रतिशत काम पूरा हुन्छ भन्नेमा हामी विश्वस्त छौँ,” इन्जिनियर साहले भन्नुभयो । कोरोना भाइरसको सङ्क्रमणले गर्दा पुल निर्माणको काम बेलैमा पूरा हुन नसकेको निर्माण कम्पनीले जनाएको छ ।

रेल योजना कार्यालय लालबन्दीका अर्का इन्जिनियर एवम् सूचना अधिकारी बोध भण्डारीले अन्य क्षेत्रमा भन्दा बर्दिबास–चोचा खण्डको काम तीव्र रूपमा अघि बढिरहेको दाबी गर्नुभयो । उहाँले तत्काल कतैपनि काममा विवाद नरहेको समेत बताउनुभयो ।

भण्डारीका अनुसार बर्दिबास–चोचा खण्डमा मुआब्जा वितरणको काम सकेर रेल्वे ट्रयाक बेल्ट निर्माणको काम पनि सँगसँगै अघि बढिरहेको छ । ७० किलोमिटरमध्ये ५० किलोमिटर रेल्वे ट्रयाक बेल्ट निर्माण पूरा भइसकेको रेल योजना कार्यालय लालबन्दीले जनाएको छ । बर्दिबासदेखि सर्लाहीको फूलजोरसम्म रेल मार्गको ट्रयाक बेल्ट बनिसकेको र त्यहाँबाट अहिले सवारीसाधन गुडिरहेको इन्जिनियर भण्डारीले बताउनुभयो ।

“पुल निर्माणसँगै रेल मार्गको ट्रयाक बेल्ट निर्माण भइरहेको छ, बर्दिबासदेखि फूलजोरसम्म त्यो काम पूरा भइसक्यो, अब बाँकी क्षेत्रमा पनि ट्रयाक बेल्ट निर्माणको कामले गति लिन्छ,” इन्जिनियर तथा सूचना अधिकारी भण्डारीले भन्नुभयो, “अब बागमती नदीबाट रौतहटको चाँदे नदीसम्म मात्रै रेल्वे ट्रयाक बेल्ट बन्न बाँकी छ ।” रेल मार्गको बर्दिबास–चोचा खण्डमा पर्ने सागरनाथ वन विकास परियोजना क्षेत्रभित्र परेका ११ हजार १२३ वटा रुख बिरुवा काट्न सरकारले अनुमति दिएपछि रेलमार्ग निर्माणको कामले थप गति लिएको हो ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]