०२ जेठ २०८१, बुधबार
15-05-2024 , Wed
×

मधेश प्रदेश कृषि क्षेत्रमा हिस्सा धेरै

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

न्युजमधेस डेस्क

जनकपुरधाम, श्रावण १ गते आइतबार।
मधेश प्रदेशको कुल ग्रार्हस्थ्य उत्पादन (जीडीपी)मा कृषि क्षेत्रको योगदान ३४ दशमलव ३१ प्रतिशत रहेको छ । यो सात प्रदेशमध्ये सबभन्दा उच्च हो । आ–आफ्नो प्रादेशिक जीडीपीमा कृषि क्षेत्रको हिस्सा सुुदूरपश्चिमको ३३ दशमलव ५५ प्रतिशत, प्रदेश १ को ३३ दशमलव ११ प्रतिशत, कर्णालीको ३१ दशमलव ५० प्रतिशत, लुम्बिनीको २० दशमलव ४२ प्रतिशत, गण्डकीको २५ दशमलव ९८ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशको ११ दशमलव १० प्रतिशत रहेको छ । मधेश प्रदेशको प्रादेशिक जीडीपीमा उद्योग क्षेत्रको योगदान १२ दशमलव ११ प्रतिशत र सेवा क्षेत्रको ५३ दशमलव ५८ प्रतिशत रहेको छ  ।

आर्थिक वृद्धिदर ४.८२ प्रतिशत

केन्द्रीय तथ्याङ्क विभागका अनुसार आव २०७८/७९ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन छ। खर्ब ४४ अर्ब २८ करोड रुपियाँ पुग्ने अनुुमान छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन (४८ खर्ब ५१ अर्ब ६३ करोड रुपियाँ)मा मधेश प्रदेशको योगदान १३ दशमलव २८ प्रतिशत हो । चालू आर्थिक वर्ष मधेश प्रदेशको आर्थिक वृद्धिदर चार दशमलव ८२ प्रतिशत रहने अनुमान गरिएको छ ।

धान उत्पादन घट्यो

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार आव २०७८/७९ मा मधेश प्रदेशमा खाद्य तथा अन्य बाली २९ लाख ५९ हजार ६५० मेट्रिक टन उत्पादन भएको छ । तरकारी तथा बागवानी उत्पादन आठ लाख २२ हजार ५९९ मेट्रिक टन र फलफूल तथा मसला उत्पादन एक लाख ७९ हजार ८८ मेट्रिक टन भएको छ । समयमै वर्षा भएको र सिँचाइको सुविधाले तेलहनको उत्पादन १० दशमलव ८३ प्रतिशत र आलुको उत्पादन शून्य दशमलव ७ प्रतिशतले बढेको छ ।

धानको उत्पादन ३ दशमलव २४ प्रतिशत, उखुको उत्पादन ९ दशमलव ०१ प्रतिशतले ह्रास आएको छ । भिœयाउने समयमा परेको झरीले पाकेको धानबाली नष्ट हुँदा धानबाली उत्पादनमा कमी आएको हो । पर्सामा उखु उत्पादन नभएको र श्रीराम सुगर मिल बन्द भएका कारण उखु उत्पादनमा ह्रास आएको प्रतिवेदनमा छ ।

यस प्रदेशमा तरकारी तथा बागवानी उत्पादन शून्य दशमलव ७५ प्रतिशतले वृद्धि भई आठ लाख २२ हजार ५९९ मेट्रिक टन पुुगेको छ । सबैभन्दा बढी तरकारी उत्पादन बारा जिल्लामा एक लाख ५९ हजार ८८ मेट्रिक टन भएको छ । यो प्रदेशको कुल तरकारी उत्पादनको १९ दशमलव ३४ प्रतिशत हो । सबैभन्दा कम तरकारी उत्पादन पर्सा जिल्लामा ४० हजार मेट्रिक टन भएको छ ।

यस्तै यस प्रदेशमा दूधको उत्पादन शून्य दशमलव ४५ प्रतिशतले वृद्धि भई दुई लाख ६८ हजार ३३८ लिटर रहेको छ । मासुको उत्पादन ३ दशमलव १४ प्रतिशतले वृद्धि भई ४७ हजार ६६२ मेट्रिक टन, अण्डाको उत्पादन ५ दशमलव ५९ प्रतिशतले वृद्धि भई पाँच करोड ३९ लाख ५७ हजार वटा, छालाको उत्पादनमा १२ दशमलव ४४ प्रतिशतले वृद्धि भई ९३ लाख ६२ वर्गमिटर र उत्पादनमा ८० दशमलव १७ प्रतिशतले वृद्धि भई दुई हजार ७५३ पुगेको छ । माछाको उत्पादन ५ दशमलव ४८ प्रतिशतले वृद्धि भई २० हजार ४९७ मेट्रिक टन पुगेको छ ।

औद्योगिक कर्जा एक खर्ब

यस प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा २० दशमलव ४३ प्रतिशतले वृद्धि भई एक खर्ब १२ अर्ब ३४ करोड रुपियाँ पुगेको छ । गत आर्थिक वर्ष सोही अवधिमा यस्तो कर्जा ९३ अर्ब २८ करोड रुपियाँ रहेको थियो । मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी पर्सा जिल्लामा ६१ दशमलव ४५ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा २ दशमलव ५३ प्रतिशत रहेको छ ।

कृषि कर्जा ५० अर्ब

बैङ्क तथा वित्तीय संस्थाबाट मधेश प्रदेशको कृषि क्षेत्रमा प्रवाह भएको कर्जा ४३ दशमलव ५३ प्रतिशतले वृद्धि भई ५० अर्ब एक करोड रुपियाँ पुगेको छ । गत वर्ष सोही अवधिमा कर्जा ३४ अर्ब ८४ करोड रुपियाँ रहेको थियो । यस प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश ११ दशमलव १७ प्रतिशत रहेको छ । यस प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सबैभन्दा बढी पर्सा जिल्लामा १७ दशमलव ७० प्रतिशत रहेकामा सबैभन्दा कम सप्तरी जिल्लामा ७ दशमलव ३५ प्रतिशत रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ नामक पुस्तक आजदेखि बजारमा आएको छ । लेखक परमानन्द भट्टद्वारा लिखित पुस्तकमा सङ्घर्षको सुरुआत र साङ्गठनिक नेतृत्व, नेकपा (एमाले) को अल्पमतको सरकार, विचार र सङ्गठनमा शुद्धीकरण र सुदृढीकरण अभियान, शान्ति प्रक्रिया र गणतन्त्र, नैतिक जिम्मेवारी बोध र पदत्याग, माधव नेपालको आवश्यकता बोध लगायतका विषय समावेश गरिएका छन् । […]

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालबाट टुक्रिएर बनेको जसपाले पूर्वसांसद अशोककुमार यादवलाई मधेश प्रदेश संयोजक तोकेको छ । यादवलाई मधेश प्रदेश संयोजकको जिम्मेवारी दिइएको जसपाका महासचिव एवं स्वास्थ्यमन्त्री प्रदीप यादवले जानकारी दिए । उनका अनुसार प्रदेश संयोजक यादवलाई संगठनको कामकाज गर्ने पूर्ण जिम्मेवारी दिइएको छ । यादव २०७४ सालको निर्वाचनमा तत्कालीन जनता समाजवादी पार्टीबाट सर्लाही […]

काठमाडाैं । मधेश प्रदेश सरकारका पूर्व गृहमन्त्री मोहम्मद समिम सोमबार गृह मन्त्रालय पुगेर मन्त्रीकै कुर्सीमा बसी कर्मचारीलाई निर्देशन समेत दिएको पाइएको छ । गृह, सञ्चार तथा कानून मन्त्रालयमा सोमबार झन्डै २ घण्टा जति बसेका उनी मन्त्रीको कार्यकक्षमा छिरेर मन्त्री बस्ने कुर्सीमै बसेको एक कर्मचारीले बताए । आफू फेरि मन्त्री बनेर आउन लागेको भन्दै उनले करारका […]