२९ चैत्र २०८२, सोमबार
13-04-2026 , Mon
×

भारत लगेर सडक बालबालिकाको मिर्गौला बेच्‍ने ५ पक्राउ

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१ श्रावण । काठमाडौंका सडकपेटीकाका बालबालिकालाई ललाईफकाई भारत पुर्याएर बालबालिकाको मिर्गाैला बिक्री गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले गत १५ गते धुपेन्द्र शाही, विजय कुँवर, विमलबहादुर शाही र पछि विधान, हिमाल श्रेष्ठ भन्ने धनबहादुर रोका र छोटे भनेर चिनिने आशिष तामाङलाई २८ गते नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।

असार १५ गते बालबालिकालाई भारतको कोलकता लैजानका लागि तयारी गरिरहेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउपछि अनुसन्धान सुरु गर्दा रोका र तामाङ फरार रहेका थिए । उनीहरुलाई प्रहरीले २७ गते पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार गिरोहको नाइके धनबहादुर रहेका छन् । धनबहादुरले नै मिर्गौला ग्रहणकर्तासँग मोलमलाई गर्ने गर्दै आएका थिए ।

साथै, धनबहादुर र विमलले आफ्नो एउटा मिर्गौला भारतमा बेचेको पनि खुलेको छ । दुवैले आफूहरुले पनि मिर्गौला बेचेर आर्थिक आर्जन गरेको भन्दै प्रलोभनमा पारेर बालबालिकालाई पनि फकाउने गर्ने गरेको पनि खुलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]