०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

अत्यधिक गर्मीका कारण एक हप्ताभित्र दुई सय ३८ जनाको ज्यान गयो

Logo
प्रकाशित आइतबार, साउन ०१, २०७९

न्युजमधेस डेस्क
एजेन्सी,१श्रावण।
युरोपका धेरै देशमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । विशेषगरी पोर्गुगल, स्पेन र फ्रान्सको जङ्गलमा फैलिएको डढेलोका कारण तातो हावा चल्नुका साथै अत्यधिक तापक्रमले पनि नयाँ–नयाँ कीर्तिमान बनाइरहेको छ । आगो निभाउन हजारौँ अग्नि नियन्त्रक खटिएका छन् तर तातो हावा र सुक्खापनका कारण सहजै आगो निभ्ने सम्भावना नदेखिएको बीबीसीले जनाएको छ ।

आगलागी प्रभावितले यस्तो तीव्र गतिमा फैलिएको डढेलो र गर्मी यसअघि कहिल्यै पनि महसुस नगरेको बताएका खबरमा उल्लेख छ । आगोले फ्रान्सको गिरोन्डे क्षेत्र सखाप पारेको छ । ११ हजारभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । स्पेनको कोस्टा डेल सोल क्षेत्रको पहाडबाट तीन हजार तीन सय जना मानिस सुरक्षित ठाउँमा भाग्न सफल भएका छन् । डढेलोले फ्रान्समा मात्रै १० हजार हेक्टर वन सखाप पारेको छ ।

यस्तै पोर्चुगलमा मात्रै गर्मीका कारण एक हप्ताभित्र दुई सय ३८ जनाको ज्यान गएको छ । स्पेन र फ्रान्समा ६० जनाभन्दा धेरेको ज्यान गएको छ । सरकारले गर्मीका कारण चट्टान टुक्रिएर खस्न सक्ने भएकाले चट्टानी पहाडतिर नजान सर्वसाधारणलाई आग्रह गरेका छन् । गएको हप्तादेखि पोर्चुगलमा अधिकतम तापक्रम ४७ डिग्री तथा फ्रान्स र स्पेनमा ४० डिग्री सेल्सियस पुगेको छ ।

औद्योगिक युग सुरु भइसकेपछि मात्रै विश्वको तापक्रम एक दशमलव एक डिग्री सेल्सियसले बढिरहेको छ । युरोपका अरू देश पनि गर्मी र तातो हावाले प्रभावित भएका छन् । इटलीका केही उपत्यकालाई सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै आपत्काल घोषणा गरेको छ । उत्तरी मोरक्कोमा आगो फैलिएपछि दर्जनौ गाउँ खाली गर्नुपरेको छ । मानव प्रेरित जलवायु परिवर्तनको ठूलो असर युरोपले भोगिरहेको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]