०८ फाल्गुण २०८२, शनिबार
21-02-2026 , Sat
×

खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि किसान चिन्तित

Logo
प्रकाशित सोमबार, साउन ०२, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,२श्रावण।
पछिल्लो करिब एक महिना देखी परेको खडेरीले धान रोपेका खेत चिराचिरा परेर फुट्न थाले पछि पश्चिम नवलपरासीका किसानहरु चिन्तित बनेका छन् ।

मल अभावको मार झेल्दै रोपाइ सकेका किसानहरु फेरी खरेडीकोले खेती नष्ट हुने भन्दै चिन्तित बनेका छन् । यो वर्ष धान उत्पादन घट्ने चिन्ताले नवलपरासीका किसानहरुलाई चिन्तित बनाउन थालेको पश्चिम नवलपरासी रामग्राम नगरपालिका कृषक सञ्जालका अध्यक्ष शिवकुमार यादवले बताउनुभयो । अध्यक्ष यादवका अनुसर नवलपरासीको दक्षिणी भेगमा असार १५  भन्दा पहिला नै अधिकांश खेतमा धान रोपिसकिएको थियो । आकाशे पानी नआएका कारण पम्पसेट वा नहरको पानी लगाएर धानको रोपाई गरी सकेका किसानलाई रोपाई पछि पानी पर्ला भन्ने आशा भए पनि पछिल्लो समयमा लामो समय देखी पानी नपरे पछि रोपिएको धान खेती नष्ट हुने भएको छ ।

नवलपरासीमा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ जस मध्य जिल्लाको दक्षिणी भागमा धानको रोपाई भएको भए पनि उत्तर तर्फका अधिकाश खेतहरु पानीको अभावमा रोपाई नै हुन सकेको छैन । विद्युतको सम्पर्क पुगेका कतिपय खेतहरुमा पम्पसेट देखी भुमिगत पानी निकालेर खडेरीले सुकेको खेतमा सिंचाई गर्ने प्रयास गरिएको अवस्थामा कतिपय पम्पसेटमा पानी सुक्न थालेको बताइएको छ ।

पश्चिम नवलपरासीको परासी देखी दक्षिणका पालीनन्दन, प्रतापपुर, सरावल लगायतका क्षेत्रहरुमा असारको पहिलो हप्तासम्ममा खेतमा धान रोपाई सकिएको थियो । खेत रोपाईको समयमा पनि पानी नपरेर पम्पसेट चलाएर खेत रोपेका किसानहरुको खेत अहिले पानीको अभावमा धान पहेलो हुन थाले पछि किसानहरु चिन्तित बनेको पाल्हीनन्दन गाउँपालिकाका अर्का किसान ध्रुवनारायण बनियाँले बताउनुभयो ।

नवलपरासीको परासी देखी दक्षिणी भागमा असार पहिलो हप्ता भन्दा पहिला नै धानको रोपाई सकिएको छ भने उत्तरी तर्फका खेतहरुमा अहिले पानीको अभावले खेतमा रोपाई सम्म हुन सकेको छैन ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]