२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

महराज सागर युवा कमिटीद्वारा जनकपुरबाट कक्षा १२ मा नेपाल टप गरेको विद्यार्थीलाई सम्मान

Logo
प्रकाशित शनिबार, साउन २५, २०७६

जनकपुरधाम। महाराज सागर युवा कमिटीद्वारा कक्षा १२ मा नेपालमा नै उत्कृष्ट नम्बर ल्याएर नेपाल टप गर्न सफल विद्यार्थीलाई सम्मान गरेको छ ।

शनिबार महाराज सागर युवा कमिटीले आयोजना गरेको कार्यक्रममा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल जनकपुरकी आचल कुमारी साहलाई उपहार सरुप चान्दीको जानकी मन्दिर र नगर ५१०० सय रुपैया दिएर सम्मान गरेको छ।

सम्मान कार्यक्रममा महाराज सागर युवा कमिटीको अध्यक्ष सरिफुल राइन ,महाबिर युवा कमिटी अध्यक्ष संतोष साह,आरसिएस स्कुलको प्राध्यापक जिबेन्द्र सिंह,मोनु झा,मिथलेश राई,हिमान्सु राज ,गुडु कुमार साह,दिपक महाशेठ,राहुल गुप्त ,पुजा कुमारी साह ,निलम देवि,चन्दा कुमारी कुबरलगाइतले अबिर लगाएर सम्मान गरेका थिए।

कार्यक्रमा साहले एसईई दिएको आरसिएस स्कुलको प्राध्यापक जिबेन्द्र सिंहले भने विद्यार्थीले अरुले बनाएको रेकर्डलाई पढ्ने कि आफुले रेकर्ड बनाउने भन्नेमा प्रस्ट भए अगाडी बढनेमा लक्ष्य हासिल गर्न सकिने बताए ।

त्यसै गरि उत्कृष्ट नम्बर ल्याउन सफल आचल कुमारी साहले विद्यार्थीले लक्ष्य निर्धारण गरेर अध्ययन गरेमा सफल बन्ने बताइन् । जनकपुरको मोडल मल्टिपल क्याम्पसमा अध्ययन गरेकी साहले साइन्स विषयमा कक्षा १२ मा ३.९२ जिपिए ल्यान सफल भएकी हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]