२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

एनआईसी एसिया बैंकको रेमिटेन्स पाँच वर्षमै दोब्बरदेखि १० गुणा बढाउने योजना !

Logo
प्रकाशित मंगलबार, साउन ०३, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,३ श्रावण । स्वदेशमा जागिर नभएपछि २०–२२ वर्षको उमेर विदेशिन वाध्य छन् नेपाली युवाहरु । घरपरिवार र सानो टुक्रा जग्गाको लागि पैसा बचत गर्ने भन्दाभन्दै उमेर ४० कटिसक्छ । त्यसपछि बल्ल फर्किन्छन् नेपाल ।

लामो समय विदेशमा बस्ने युवायुवतीले विशेष ख्याल नगर्ने हो भने विदेशमा बगाएको पसिना खेर जान सक्छ । ४० वर्ष उमेर पुग्दासम्म विदेशबाट पठाएको पैसालाई सहि सदुपयोग गर्ने हो भने आफ्नो भविष्य, छोराछोरीको शिक्षादिक्षा, विवाहलाई समस्या पर्दैन । त्यसको लागि विदेश गएका युवाहरुले बुझ्नु पर्ने महत्वपूर्ण कुरा भनेको कमाएर नेपाल पठाएको पैसाले पनि पैसा कमाउन सक्नुपर्छ । यसको अर्थ के हो भने विदेशबाट बैंकमा पठाएर बचत गरेको पैसा विदेशबाट फर्केर आउँदा दोब्बर, तेब्बर बनाउन सक्नुपर्छ ।

यसको लागि विदेश गएका युवाहरुले उपयुक्त विकल्पहरु थाहा हुँदैन अथवा त्यस्ता विकल्प हत्तपत्त आउँदैनन् पनि । अहिले एन आई सी एशिया बैंकले विदेशमा गएका युवाहरुका लागि उपयुक्त हुने यस्तै योजना ल्याएको छ । त्यो हो एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना ।

यो योजनाअनुसार कुनै पनि ग्राहकले खातामा राखेको रकम निश्चित समयमा दोब्बरदेखि १० गुणासम्म वृद्धि हुन्छ । रेमिटेन्स पठाउनेहरुका लागि दोब्बरदेखि १० गुणा पाइने समय अझ कम राखिएको छ ।

मानौं, विदेशमा गएका कुनै युवाले आफूले कमाएको मध्ये ५ लाख रुपैयाँ एन आई सी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनामा राखेमा यो रकम ५ वर्षमा दोब्बर भएर १० लाख हुन्छ भने १९ वर्षसम्म राख्ने हो भने १० गुणाले बढेर ५० लाख रुपैयाँ पुग्छ ।

यो योजना विदेशमा काम गर्न गएका युवायुवती वा बाबुआमाका लागि आफूले कमाएको रकमलाई बढीभन्दा बढी बढाउन सकिने सबैभन्दा उपयुक्त अवसर भएको एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने बताउँछन् ।

“विदेशमा पसिना बगाएर नेपाल पठाएको पैसाले यहाँ बैंकमा राखेपछि बढी भन्दा बढी आम्दानी गर्न सक्नुपर्छ,” न्यौपानेले भने, “युवाहरु विदेशबाट पाँच सात वर्षमा फर्केर आउँदा आफ्नो रकम दोब्बर वा तेब्बर बनाउन सक्ने योजना हो यो ।”

विदेश गएका नेपाली युवायुवती विदेशबाट पठाएको पैसा ‘फिक्स डिपोजिट’ राखेको वा अन्य खातामा राखेको देखिन्छ ।

अहिलेको अवस्थामा हिसाब गर्ने हो भने मुद्दति खातामा राख्नुभन्दा यस ‘सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’मा राख्दा शतप्रतिशत प्रतिफल दिन्छ । विदेशबाट पठाएको रकममध्ये घरखर्च वा घरजग्गामा लगानी गरेर बचेको पैसालाई यस योजनामा राख्ने हो भने भविष्यमा चाहिने नगदको लागि धेरै सहज हुनेछ ।

काठमाडौं लिटिल बुद्ध कलेजमा पढाउने जनकपुरका ३२ वर्षीय प्रमोद चौधरीले पनि यही योजनामा आफ्नो रकम राखेका छन् । अध्यापनबाहेक श्रीमतीसँग मिलेर ठमेलमा ह्याप्पी विमेन भन्ने हेन्डिक्राफ्ट व्यवसाय चलाउँछन् । ५ वर्षको एक छोरा र २ वर्षकी एक छोरी भएका यी दम्पतीले भविष्यमा यिनीहरुको पढाइलाई सहयोग हुने भन्दै २१ वर्षका लागि ५ लाख रुपैयाँ राखेका छन् ।

उक्त समयमा ५ लाख रुपैयाँबाट ५० लाख हुनेछ । “त्यो बेला बच्चालाई पढ्न सजिलो हुन्छ भनेर यो सानो रकम राखेका हौं,” प्रमोदले भने, “उनीहरुले कलेज पढ्न थाल्दा केही न केही सहयोग पक्कै होला भन्ने लागेको छ ।”

बीमा वा अन्य कुनै पनि पैसा बढी भन्दा बढी गराउने तरिका भन्दा यो योजना सबैभन्दा उपयुक्त भएको प्रमोद बताउँछन् ।

यो यस्तो योजना हो कुनै पनि इन्स्योरेन्स पोलिसी किन्दाभन्दा धेरै आफ्नो बचत रकम बढाउन सकिन्छ । देशमा रहेको राम्रो इन्स्योरेन्स कम्पनीले दिने प्रतिफलभन्दा यस योजनाको प्रतिफल धेरै छ । जस्तो कि कुनै पनि बाबुआमाले १० गुणा मुद्दति योजनाअनुसार रेमिटेन्स पठाएको रकम ५ वर्ष १० महिना १४ दिनमा दोब्बर रकम पाउन सक्छन् । यस्तो प्रतिफल फिक्स डिपोजिट, इन्स्योरेन्स, सेयर बजार, घरजग्गामा लगानी गर्दा समेत दोब्बरको ग्यारेन्टी हुँदैन ।

काठमाडौं, नयाँ बानेश्वरका विनोद आत्रेयले ६ वर्ष ४ महिना २५ दिनमा दोब्बर हुने व्यक्तिगत खाताको योजना लिएका छन् । यो योजना भर्खरै बच्चा जन्माएर बाबुआमा भएका व्यक्तिहरुको लागि समेत सबैभन्दा उपयुक्त हुने बताउँछन् । “कुनै बाबुआमाले भर्खर बच्चा जन्माएका छन् भने उसलाई अहिले १० लाख राखिदिने हो भने २० वर्षमा एक करोड हुन्छ,” आत्रेय भन्छन्, “त्योबेला उक्त बच्चालाई पढाउनेदेखि अन्य खर्च यसैबाट गर्न सकिन्छ ।”

यो योजना ल्याउनुअघि एन आई सी एशिया बैंकले आमजनताको बैंकिङ्ग आवश्यकता र अपेक्षालाई पहिचान गरेर बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गरेको जनाएको छ ।

यस्ता छन् सर्वश्रेष्ठ १० गुणा मुद्दती योजनाहरु

एन आई सी एशिया बैंकले २०७९ असार १२ गतेदेखि छोटो समयको लागि यो योजना ग्राहकमाझ ल्याएको हो । जसमा सर्वाधिक उच्च ब्याजदरसहित निक्षेप रकमको १० गुणा रकम फिर्ता पाइने छ । यस योजनाअनुसार ग्राहकले मुद्दति खातामा राखेको रकम ५ वर्ष १० महिना १४ दिनमा दोब्बर पाउनेछन् । मानौं कुनै ग्राहकले ५ लाख रुपैयाँ राखेका छन् भने ५ वर्ष १० महिनामा १० लाख रुपैयाँ हुन्छ ।

९ वर्ष ४ महिना १० दिनसम्मलाई आफ्नो रकम बचत राख्ने हो भने तीन गुणा प्राप्त गर्नेछन् । आफूले राखेको रकमले ४ गुणा रकम प्राप्त गरोस् भन्ने चाहने ग्राहकले ११ वर्ष १० महिना ७ दिन पर्खिनु पर्छ । आफ्ना छोराछोरीको भविष्यको लागि भनेर ५ लाख रुपैयाँ राख्ने परिवारले यस अवधिमा आफ्नो रकमलाई ४ गुणा बढाएर २० लाख रुपैयाँ पाउने छन् ।

त्यसैगरी, १३ वर्ष ९ महिना १५ दिनमा ग्राहकको बचत रकम ५ गुणाले वृद्धि हुन्छ । यसको अर्थ हो अहिले १० लाख रुपैयाँ राख्नु भनेको १५ वर्षपछि छोराछोरीको लागि ५० लाख रुपैयाँ जम्मा गरे सरह हो । यही रकम १५ वर्ष ४ महिना १७ दिनसम्म राख्ने हो भने ६ गुणा रकम प्राप्त गर्न सकिनेछ । त्यसैगरी, १६ वर्ष ८ महिना २१ दिनमा ७ गुणा, १७ वर्ष १० महिना २० दिनमा ८ गुणा, १८ वर्ष ११ महिना १ दिनमा ९ गुणा र १९ वर्ष १० महिना २ दिनमा १० गुणा आफ्नो बचत पुग्नेछ ।

यदि कुनै अभिभावकले आफ्ना स–साना छोराछोरीलाई भविष्यको लागि धेरै काम लाग्छ भनेर अहिले ५ लाख रुपैयाँमात्र राख्ने हो भने १९ वर्ष १० महिना २ दिनमा १० गुणाले बढेर ५० लाख रुपैयाँ पुग्छ । बैंकले यो योजना व्यक्तिगत ग्राहकहरु बाहेक संस्थागत ग्राहक र रेमिटेन्स खाता भएका ग्राहकको लागि भनेर छुट्टाछुट्टै योजनासहित ल्याएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]