१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

वर्षाले कैलालीको धनगढी बजार जलमग्न

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९

न्युजमधेस डेस्क
कैलाली,४श्रावण।

बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३ र ५ का बस्ती डुबानमा परेका छन् । डुबानका कारण आउजाउ गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको छ ।

पानीको निकास नभएकाले वर्षा हुनासाथ डुबान हुने गरेको धनगढीका मेयर गोपाल हमालले जानकारी दिनुभयो ।

खोला, नाला अतिक्रमणमा परेका कारण हरेक वर्षको बर्खामा धनगढी ढुबानमा पर्ने गरेको उहाँले बताउनुभयो ।  आफ्नो पाँच वर्षको कार्यकालमा खोला तथा नदीको बहावलाई प्राकृतिक रुपमा फर्काउने गरी काम थालिसकेको पनि उहाँको दाबी छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]