१८ माघ २०८२, आइतबार
01-02-2026 , Sun
×

भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलद्वारा बारामा धर्मशाला उद्घाटन

Logo
प्रकाशित शनिबार, साउन २५, २०७६

सिकेन्द्र पासवान ,कलैया। प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले बाराको परवानीपुर गाउँपालिका -५ मा शनिबार धर्मशाला उद्घाटन गरेको छ।

बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी नेवतनमा निर्मित रामजानकी धर्मशालाको आज उद्घाटन गर्दै मन्त्री सोनलले भने विकास र समृद्धिमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताए ।

उनले सङ्घीयताको मूलमन्त्र नै विकास भएको हँुदा प्रदेश नं २ का ८ जिल्लामा पनि सडक, पुल पुलेसा, कल्र्भट , मठमन्दिर, मस्जिद र धर्मशाला निर्माण कार्यलाई तीव्र पारिएको जानकारी दिनुभयो ।

कार्यक्रममा निर्वाचन क्षेत्र नं ४ का सांसद् एकवाल मियाँ, जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंह, परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साह, अधिवक्ता रामचन्द्र सिंह, राजपा निर्वाचन क्षेत्र नं ४ का अध्यक्ष सीताराम गुप्ता, नेताहरु सञ्जु साह, सुरेश साह, अनिल राम, अजय पटेल लगायतको सहभागिता थियो । परवानीपुर गाउँपालिकाको करीब रु ६० लाखको लागतमा सो धर्मशाला निर्माण भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]