२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलद्वारा बारामा धर्मशाला उद्घाटन

Logo
प्रकाशित शनिबार, साउन २५, २०७६

सिकेन्द्र पासवान ,कलैया। प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले बाराको परवानीपुर गाउँपालिका -५ मा शनिबार धर्मशाला उद्घाटन गरेको छ।

बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी नेवतनमा निर्मित रामजानकी धर्मशालाको आज उद्घाटन गर्दै मन्त्री सोनलले भने विकास र समृद्धिमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताए ।

उनले सङ्घीयताको मूलमन्त्र नै विकास भएको हँुदा प्रदेश नं २ का ८ जिल्लामा पनि सडक, पुल पुलेसा, कल्र्भट , मठमन्दिर, मस्जिद र धर्मशाला निर्माण कार्यलाई तीव्र पारिएको जानकारी दिनुभयो ।

कार्यक्रममा निर्वाचन क्षेत्र नं ४ का सांसद् एकवाल मियाँ, जिल्ला समन्वय समितिका संयोजक नवलकिशोर सिंह, परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साह, अधिवक्ता रामचन्द्र सिंह, राजपा निर्वाचन क्षेत्र नं ४ का अध्यक्ष सीताराम गुप्ता, नेताहरु सञ्जु साह, सुरेश साह, अनिल राम, अजय पटेल लगायतको सहभागिता थियो । परवानीपुर गाउँपालिकाको करीब रु ६० लाखको लागतमा सो धर्मशाला निर्माण भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]