२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

सिरहामा रहेको सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुर पुनः आन्दोलित

Logo
प्रकाशित बिहिबार, साउन ०५, २०७९

न्युजमधेस डेस्क
सिरहा,५ साउन।
सिरहाको मिर्चैयामा रहेको सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरु पुनः आन्दोलित भएका छन् ।
पहिले भएको सहमति अनुसार तलव, सुरक्षा र सुविधाको माग गर्दै कर्मचारीहरु आन्दोलित भएको हो । मजदुरहरु गत मंसिरमा १२ बुदें माग राख्दै आन्दोलित भएका थिए । त्यसपछि उद्योगको व्यवस्थापन पक्ष र मजदुरवीच सहमति भएको थियो । सहमति लागु गर्नुपर्नेमा त्यस विपरीत उद्योगले कर्मचारी हटाउने, सेवा सुविधा प्रदान गर्न नसकेको भन्दै मजदुरहरु पुनः आन्दोलित भएका छन् ।

उद्योगमा कार्यरत मजदुरहरुको सुरक्षाको व्यवस्था हुनुपर्ने, स्थानीय कामदारहरुलाई दक्षताको आधारमा नियुक्ति दिनुपर्ने, कामदारहरुलाई ८ घण्टा मात्र काममा लगाउनु पर्ने, कामदारहरुलाई हप्तामा एक दिन विदा दिनुपर्ने, कामदारलाई काम र दक्षताको आधारमा तलबभत्ताको व्यवस्था गर्नुपर्ने माग राखिएको छ । त्यससँगै मजदुरहरुले उद्योगभित्र प्राथमिक उपचारको व्यवस्था हुनुपर्ने, वातावरण प्रर्दुशन न्यूनीकरणको उपाय अपनाउनुपर्ने, उद्योगमा कार्यरत पुरानो कामदारलाई निकालेर नयाँ कामदारको भर्ना रोक्नुपर्ने, उद्योगभित्र प्रयाप्त खानेपानीको व्यवस्था हुनुपर्ने लगायतका माग सहित आफूहरु आन्दोलित भएको उद्योगका सिभिल सुपरभाईजर मोहित महराले बताएका छन् ।

माग पूरा गर्न उद्योगको आन्तरीक मेमो
मजदुरको आन्दोलनपछि उद्योगले आन्तरीक मेमो नै जारी गरेको थियो । प्रशासन शाखाले मंसिर ६ मा ९ बुँदे आन्तरीक मेमो जारी गरेको थियो । जसमा श्रमिकको न्यूतम पारिश्रमिक, ८ घण्टाभन्दा वढी काम गरेकालाई नियमानुसार रकम भुक्तानी लागू गराउने, ५ घण्टा काम गर्दा आधा घण्टा र ८ घण्टा वढी काम गर्दा १ घण्टा अनिवार्य विश्राम दिनुपर्ने, कामदारको कामको प्रकृति हेरी औषधी उपचार, दुर्घटना वीमा, सामाजिक सुरक्षा कोषको सुविधा, सुरक्षा साधन, साप्ताहिक विदा, सौचालय र विश्राम स्थल निर्माण, पिउने पानीको व्यवस्था, प्राथमिक उपचारको निम्ति एम्बुलेन्स, उद्योग परिसरभित्र वातावरण स्वच्छ राख्न हरियाली अभियानको रुपमा वृक्षा रोपण कार्य अघि बढाउन र ट्यांकरले सडकमा पानी छर्किने काम गर्नुपर्ने उल्लेख गरिएको छ ।
मजदुरहरुले पूरानै माग राखेर पुनः आन्दोलनमा उत्रिनु परेको सम्बन्धमा उद्योगका जेनरल म्यानेजर जीवन नेपालले मजदुरहरु सित कुनै पनि समझौता भएको छैन । कुनै इसुको कुरा होइन । खाली बुझाईको मात्रै फरक हो । केही मजदुरको चित नबुझेर केही मजदुरहरुले धर्नामा बसेको बताए ।

यस अघि मजदुरले १२ बुँजे माग राख्दै आन्दोलनमा उत्रिउपछि प्रशासन प्रमुख नेपालले उद्योगको आन्तरीक विषय भएकोले छलफल गरी टुंगो पुग्ने बताएका थिए । उद्योगले आन्तरीक मेमो पनि जारी गरिसकेको अवस्थामा आधारभूत माग पूरा हुन नसक्नुले आफूहरु असुरक्षित भएको आन्दोलनरत पक्षको भनाई रहेको छ ।
मजदुरहरुको आन्दोलनले उद्योगको कामकाज ठप्प भएको छ । उक्त उद्योगमा ७÷८ सय मजदुर कार्यरत रहेका छन् ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]