११ आषाढ २०८२, बिहिबार
26-06-2025 , Thu
×

मधेश प्रदेश: एक वर्षको अवधिमा सडक दुर्घटनामा परी ५८५ जनाको मृत्यु, नौं हजार भन्दा बढि घाइते

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

न्युजमधेस डेस्क
जनकपुरधाम,६ साउन। मधेश प्रदेशमा आर्थिक वर्ष ०७८÷०७९ मा सडक दुर्घटनामा परी ५८५ जनाको मृत्यु भएको छ ।
मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाको विभिन्न ठाउँमा भएका पाँच हजार ७११ सवारी दुर्घटनामा ५८५ जनाको मृत्यु भएको हो ।

ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्ले एक वर्षको अवधिमा ४४८ पुरुष, ८१ महिला, ४२ बालक, १४ बालिकाको मृत्यु भएको बताउनुभयो । उहाँले अनुसार यस अवधिमा नौं हजार ४६४ जना घाइते भएको जानकारी दिनुभयो ।

घाइतेहरुमा छ हजार ६३४ पुरुष, एक हजार ५२७ महिला, ८५७ बालक र ४४६ बालिका छन् । सो अवधिमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने क्षमताभन्दा बढी यात्रु बोक्ने र पटके गरी दुइ लाख ६४ हजार ३१० वटा सवारी कारवाहीमा परेको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ ।

यस्तै, मधेश प्रदेशमा आर्थिक वर्ष ०७७÷०७८ मा सडक दुर्घटनामा परी ५२३ जनाको मृत्यु भएको थियो । मधेशको आठवटै जिल्लाको विभिन्न ठाउँमा भएका तीन हजार ९८३ सवारी दुर्घटनामा ५२३ जनाको मृत्यु भएको थियो ।

मधेश प्रदेश ट्रापिक प्रहरी कार्यालय बाराको थपलैयाले आर्थिक वर्ष ०७७÷०७८ मा ३९४ पुरुष, ६८ महिला, ३६ बालक र २५ बालिकाको मृत्यु भएको जानकारी दिएको छ । त्यस अवधिमा छ हजार ४०० जना घाइते भएका थिए ।

घाइतेहरूमा चार हजार २६८ पुरुष, ८७३ महिला, ५७० बालक र २९३ बालिका थिए । सोही अवधिमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने, हेल्मेट नलगाउने क्षमता भन्दा बढी यात्रु बोक्ने १० हजार ७०५ जनालाई कारवाही गरिएको मधेश प्रदेश ट्रापिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गोरखापत्र दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]