१६ कार्तिक २०८२, आइतबार
02-11-2025 , Sun
×

दाइजोकै कारण हत्या

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

न्युजमधेस डेस्क
रौतहट,६ साउन।

दाइजोको निहुँमा सन्जुलाई घाटी दबाएर हत्या गरिएको आफन्तले आरोप लगाएका छन्।
राैतहट बृन्दावन नगरपालिका-६ सिसवा धमाैराकी २० वर्षीय सबिता भन्ने सन्जु कुमारी दासको दाइजोका कारण घाँटी दबाएर हत्या भएको आफन्तले दाबी गरेका छन् । गत साउन ०२ गतेमा हत्या भएकाे पारिवारिक स्राेतले जनाएको हाे ।
सन्जुका माइती पक्ष कटहरिया वडा नम्बर ५ बलिरामपुरका आफन्तहरुले पत्रकार सम्मेलन गरी आफूहरुसँग पटकपटक दाइजो स्वरुप रकम माग्ने गरेको भन्दै दाइजाेकै कारण हत्या भएकाे दाबी गरेका हुन् ।
सन्जुका आफन्तले ईलाका प्रहरी कार्यालय गरूडामा जाहेरी दिन खाेज्दा लिन नमानेकाे पारिवारिक स्राेतले बताएकाे हाे । जाहेरी लिन आनाकानी गरेकाे उनीहरूले बताएका छन् । प्रहरीले उनीहरुविरुद्ध जाहेरी लिन नमानेकाे भन्दै आफन्तले आक्रोश व्यक्त गरेका हुन् ।
सन्जुलाई ससुरा चन्देश्वर दास र पति रामाकान्त दासकाे मिलेमतोमा सासू शिभा देवि,देवर उमाकान्त दास,नन्द रन्जना दास,बडा ससुर विन्देशवर दासले साउन ०२ गते बेलुका दाइजोको कारण हत्या गरेको मृतकका बुबा रामचन्द्र दासले आराेप लगाउनु भयाे
पीडित सन्जुको जातीय परम्परा अनुसार ०७९ साल असार ०६ गते मा विवाह भएकोमा आरोपितहरूले पटकपटक दाईजो नल्याएको भन्दै मानसिक तथा शारीरिक यातना दिने गरेको पिडित पक्षले जनाएको हाे ।
सन्जुकाे बिहेमा केटा र केटी पक्षबिच दाईजोकै बिषयलाई लिएर विवाद भई कुटाकुटकाे घटना समेत भएको थियाे ।
त्यहि राती माईते र ससुरा पक्षको मान्छेहरु एक आपसमा बिबाद सामाधान गरेर बिहे गराए । बिहे पछि केटि आफ्नो ससुरामा जादा केटिलाई त्यही दिन देखि ससुरा पक्षको माछेहरु बाकी दाईजोको पैसाको लागि यातना दिन थाले । केटिलाई तिनिहरु आफ्नो आमा बुबा संग फोनमा समेत कुरा गर्न न दिरहेको केटिको आमा बुबाहरुले पत्रकार समेलनमा दुख बताएका छ्न । बिहेको केही दिन बिते पछि केटिको ठूलो बहिनी बेहुलालाई फोन गरेर बात गराउनलाई गोहार गर्दा केटि संग कुरा गर्न दिए । हत्या भएको सावन २ गते लगभग बेलुका ६ बजेको करिबमा केटिको मोबाईलको ईमोमा फोन गर्दा केटि संग ससुरा पछको मान्छेहरु केटिलाई गाली दिएर फोन काटी दिए । तयस पछी केही घान्टामा सन्जुको ठुलो बहिनी फेरि ईमोमा फोन गर्दा त्याहा बाट एक जना फोन रिसिभ गर्दा मिर्तक केटि झुन्डियको अवास्थामा हेरे त्याहा बाट फोन उठाएको मान्छे फोन काटना खोज्दा फोन काटन आईरहेको थिएन । केही सेकेन्डमै अर्को मान्छे मोबाईल दिएर फोन काटी दिए । त्यसपछि फोन गर्दा उठाउन सकेन । केही समयपछि मिर्तक सनजुको ठुलो बहिनी त्यही ईमोको भिडीयो देखेर आफ्नो घरको आमा बुबा र छिमेकीलाई बताए। त भाई हरुलाई पनि फोन गरेर भने । त्यस पछि केटाको मोबाईल र ससुराको आर्को मान्छेलाई सोधदा घाटनाको बारेमा केही बताएन । त्यहि बेला माईति पक्षको मान्छेहरु जादा छोरिलाई घरको बरान्डामा सुताएर राखेको थिए ।
दाईजो नदिएको रिसिबिलाई लिएर घटना गराएकाे हुन सक्ने स्थानीयहरूले आराेप लगाएका छन् ।
यस विषयमा ईलाका प्रहरी कार्यालय गरूडाका डिएसपि बरूण सिंह सँग बुझदा घटना भएको सत्य हाे, पाेस्टमार्टमकाे
रिपोर्ट आउन बाकी रहेकाे र घटना बारेमा अनुसंधान भइरहेको बताए । रिपोर्ट आएपछि मुदालाई अगाडि बढाउने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]