२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

दाइजोकै कारण हत्या

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

न्युजमधेस डेस्क
रौतहट,६ साउन।

दाइजोको निहुँमा सन्जुलाई घाटी दबाएर हत्या गरिएको आफन्तले आरोप लगाएका छन्।
राैतहट बृन्दावन नगरपालिका-६ सिसवा धमाैराकी २० वर्षीय सबिता भन्ने सन्जु कुमारी दासको दाइजोका कारण घाँटी दबाएर हत्या भएको आफन्तले दाबी गरेका छन् । गत साउन ०२ गतेमा हत्या भएकाे पारिवारिक स्राेतले जनाएको हाे ।
सन्जुका माइती पक्ष कटहरिया वडा नम्बर ५ बलिरामपुरका आफन्तहरुले पत्रकार सम्मेलन गरी आफूहरुसँग पटकपटक दाइजो स्वरुप रकम माग्ने गरेको भन्दै दाइजाेकै कारण हत्या भएकाे दाबी गरेका हुन् ।
सन्जुका आफन्तले ईलाका प्रहरी कार्यालय गरूडामा जाहेरी दिन खाेज्दा लिन नमानेकाे पारिवारिक स्राेतले बताएकाे हाे । जाहेरी लिन आनाकानी गरेकाे उनीहरूले बताएका छन् । प्रहरीले उनीहरुविरुद्ध जाहेरी लिन नमानेकाे भन्दै आफन्तले आक्रोश व्यक्त गरेका हुन् ।
सन्जुलाई ससुरा चन्देश्वर दास र पति रामाकान्त दासकाे मिलेमतोमा सासू शिभा देवि,देवर उमाकान्त दास,नन्द रन्जना दास,बडा ससुर विन्देशवर दासले साउन ०२ गते बेलुका दाइजोको कारण हत्या गरेको मृतकका बुबा रामचन्द्र दासले आराेप लगाउनु भयाे
पीडित सन्जुको जातीय परम्परा अनुसार ०७९ साल असार ०६ गते मा विवाह भएकोमा आरोपितहरूले पटकपटक दाईजो नल्याएको भन्दै मानसिक तथा शारीरिक यातना दिने गरेको पिडित पक्षले जनाएको हाे ।
सन्जुकाे बिहेमा केटा र केटी पक्षबिच दाईजोकै बिषयलाई लिएर विवाद भई कुटाकुटकाे घटना समेत भएको थियाे ।
त्यहि राती माईते र ससुरा पक्षको मान्छेहरु एक आपसमा बिबाद सामाधान गरेर बिहे गराए । बिहे पछि केटि आफ्नो ससुरामा जादा केटिलाई त्यही दिन देखि ससुरा पक्षको माछेहरु बाकी दाईजोको पैसाको लागि यातना दिन थाले । केटिलाई तिनिहरु आफ्नो आमा बुबा संग फोनमा समेत कुरा गर्न न दिरहेको केटिको आमा बुबाहरुले पत्रकार समेलनमा दुख बताएका छ्न । बिहेको केही दिन बिते पछि केटिको ठूलो बहिनी बेहुलालाई फोन गरेर बात गराउनलाई गोहार गर्दा केटि संग कुरा गर्न दिए । हत्या भएको सावन २ गते लगभग बेलुका ६ बजेको करिबमा केटिको मोबाईलको ईमोमा फोन गर्दा केटि संग ससुरा पछको मान्छेहरु केटिलाई गाली दिएर फोन काटी दिए । तयस पछी केही घान्टामा सन्जुको ठुलो बहिनी फेरि ईमोमा फोन गर्दा त्याहा बाट एक जना फोन रिसिभ गर्दा मिर्तक केटि झुन्डियको अवास्थामा हेरे त्याहा बाट फोन उठाएको मान्छे फोन काटना खोज्दा फोन काटन आईरहेको थिएन । केही सेकेन्डमै अर्को मान्छे मोबाईल दिएर फोन काटी दिए । त्यसपछि फोन गर्दा उठाउन सकेन । केही समयपछि मिर्तक सनजुको ठुलो बहिनी त्यही ईमोको भिडीयो देखेर आफ्नो घरको आमा बुबा र छिमेकीलाई बताए। त भाई हरुलाई पनि फोन गरेर भने । त्यस पछि केटाको मोबाईल र ससुराको आर्को मान्छेलाई सोधदा घाटनाको बारेमा केही बताएन । त्यहि बेला माईति पक्षको मान्छेहरु जादा छोरिलाई घरको बरान्डामा सुताएर राखेको थिए ।
दाईजो नदिएको रिसिबिलाई लिएर घटना गराएकाे हुन सक्ने स्थानीयहरूले आराेप लगाएका छन् ।
यस विषयमा ईलाका प्रहरी कार्यालय गरूडाका डिएसपि बरूण सिंह सँग बुझदा घटना भएको सत्य हाे, पाेस्टमार्टमकाे
रिपोर्ट आउन बाकी रहेकाे र घटना बारेमा अनुसंधान भइरहेको बताए । रिपोर्ट आएपछि मुदालाई अगाडि बढाउने उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]